Trending
>>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

मादी नदी नियन्त्रण : पहिलो र दोस्रो चरणको निर्माण सुरु


२ असार, पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो प्याकेज(चरण)को निर्माण सुरु भएको छ ।

पहिलो चरणप्याकेजअन्तर्गत सिसाघाटदेखि चिन्तुटार र दोस्रो प्याकेजमा गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्ध लगाउने काम भइरहेको छ । अति जोखिम क्षेत्र व्यास नगरपालिकाको वडा नं ३, ७ र १० मा पर्ने मादी नदी नियन्त्रणका लागि निर्माण तीव्र गतिमा भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले जनाएको छ ।

प्याकेज–२ अन्तर्गत तल्लो भतेरी खण्डमा काम भइरहेको कार्यालयका प्राविधिक एवम् सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार नदी कटानले गर्दा यस क्षेत्रका केही बस्ती जोखिममा परेका थिए । उक्त नदी आसपासमा रहेका बस्तीको जोखिम न्यूनीकरण गर्न तटबन्धन निर्माणले राहत पुग्ने अपेक्षा गरिएको छ ।

अहिलेसम्म नदी नियन्त्रणका लागि तटबन्धन निर्माण ३० प्रतिशत सम्पन्न भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले बताए ।

आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने गरी सिद्धान्त अमनले कम्पनीले रू आठ करोड ६३ लाखमा प्याकेज–१ र रू नौ करोड ३५ लाखमा प्याकेज–२ निर्माणको ठेक्का लिएको उनले जानकारी दिए । उनका अनुसार सङ्घ विशेष अनुदान कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट बजेट विनियोजन गरेको थियो ।

प्याकेज–२ अन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हुँदै मादीपुलसम्म नयाँ ठेक्काबाट करिब चार सय मिटर दूरीमा ग्याबिन वाल सहितको बाँध निर्माण कार्य अन्तिम चरणमा पुगको छ ।

त्यस्तै, गत वर्ष मादी नदीमा आएको बाढी कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि मादी नदी किनारमा ग्याबिन वाल सहितको बाँध निर्माण गरिएको छ । समुन्द्री सतहबाट करिब चार मिटर उचाइको ग्याबिन वाल लगाइएको हो ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?