Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

मादी नदी नियन्त्रण : पहिलो र दोस्रो चरणको निर्माण सुरु


२ असार, पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो प्याकेज(चरण)को निर्माण सुरु भएको छ ।

पहिलो चरणप्याकेजअन्तर्गत सिसाघाटदेखि चिन्तुटार र दोस्रो प्याकेजमा गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्ध लगाउने काम भइरहेको छ । अति जोखिम क्षेत्र व्यास नगरपालिकाको वडा नं ३, ७ र १० मा पर्ने मादी नदी नियन्त्रणका लागि निर्माण तीव्र गतिमा भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले जनाएको छ ।

प्याकेज–२ अन्तर्गत तल्लो भतेरी खण्डमा काम भइरहेको कार्यालयका प्राविधिक एवम् सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार नदी कटानले गर्दा यस क्षेत्रका केही बस्ती जोखिममा परेका थिए । उक्त नदी आसपासमा रहेका बस्तीको जोखिम न्यूनीकरण गर्न तटबन्धन निर्माणले राहत पुग्ने अपेक्षा गरिएको छ ।

अहिलेसम्म नदी नियन्त्रणका लागि तटबन्धन निर्माण ३० प्रतिशत सम्पन्न भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले बताए ।

आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने गरी सिद्धान्त अमनले कम्पनीले रू आठ करोड ६३ लाखमा प्याकेज–१ र रू नौ करोड ३५ लाखमा प्याकेज–२ निर्माणको ठेक्का लिएको उनले जानकारी दिए । उनका अनुसार सङ्घ विशेष अनुदान कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट बजेट विनियोजन गरेको थियो ।

प्याकेज–२ अन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हुँदै मादीपुलसम्म नयाँ ठेक्काबाट करिब चार सय मिटर दूरीमा ग्याबिन वाल सहितको बाँध निर्माण कार्य अन्तिम चरणमा पुगको छ ।

त्यस्तै, गत वर्ष मादी नदीमा आएको बाढी कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि मादी नदी किनारमा ग्याबिन वाल सहितको बाँध निर्माण गरिएको छ । समुन्द्री सतहबाट करिब चार मिटर उचाइको ग्याबिन वाल लगाइएको हो ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?