Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको आर्थिक गतिविधि चलायमान बनाउने बताएका छन् ।

सोमवार धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण कार्यक्रममा बोल्दै उनले सो विश्वास व्यक्त गरेका हुन् । एनपिएलको चर्चा स्वदेशमा मात्र नभए विदेशमा समेत भइरहेको भन्दै एनपिएलले आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेल्ने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताएका छन् । उनले सबै टिमलाई जितको अग्रिम शुभकामना दिदै उनले खेल क्षेत्रले अब नेपाललाई विश्वमा चिनाउने पनि बताए ।

उनले भने , ‘एनपिएलले यस पालिको जुन चर्चा र परिचर्चा भइरहेको छ, त्यसमा सम्पूर्ण नेपालीलाई मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा पनि यसको त्यत्तिकै चर्चा र परिचर्चा भइरहेको छ । सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । एनपिएलले आर्थिक रुपमा मात्रै होइन, औद्योगिक रुपमा पनि त्यत्तिकै सशक्त रुपमा अघि बढेको हुनाले क्यानका सबै साथीहरु, उद्योगी, बैंकर्स सबैलाई धन्यवाद दिन चाहन्छु । यसबाट नेपालको आर्थिक, पर्यटक रुपमा निकै ठूलो अघि बढ्छ ।’

एनपिएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिता भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले कार्यक्रममा बताएका छन् । उनले खेलकुदलाई शारीरिक स्वास्थ्यसँग मात्रै जोड्ने कुराको रुपमा हेरे पनि एनपिएलललाई उद्यम, आर्थिक क्रियाकलापको क्षेत्रको रुपमा एनपिएललाई अघि सारिएको बताएका छन् ।
उनले भने, ‘एनपिएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिताको रुपमा मैले यसलाई लिन्छु । हाम्रो माझमा खेलकुदलाई शारीरिक स्वास्थ्यसँग मात्रै जोड्ने कुरा थियो, तर अब यो एउटा उद्यम, आर्थिक क्रियाकलापको क्षेत्रको रुपमा एनपिएललाई अघि सारिएको छ । म यसको शुरुवाती दिनदेखि नै सँगै छु ।’

खेललाई स्वास्थ्यसँग मात्रै जोडेर हेर्न नहुने सदस्यसचिव घिसिङले बताएका छन् ।


प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?