Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको आर्थिक गतिविधि चलायमान बनाउने बताएका छन् ।

सोमवार धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण कार्यक्रममा बोल्दै उनले सो विश्वास व्यक्त गरेका हुन् । एनपिएलको चर्चा स्वदेशमा मात्र नभए विदेशमा समेत भइरहेको भन्दै एनपिएलले आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेल्ने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताएका छन् । उनले सबै टिमलाई जितको अग्रिम शुभकामना दिदै उनले खेल क्षेत्रले अब नेपाललाई विश्वमा चिनाउने पनि बताए ।

उनले भने , ‘एनपिएलले यस पालिको जुन चर्चा र परिचर्चा भइरहेको छ, त्यसमा सम्पूर्ण नेपालीलाई मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा पनि यसको त्यत्तिकै चर्चा र परिचर्चा भइरहेको छ । सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । एनपिएलले आर्थिक रुपमा मात्रै होइन, औद्योगिक रुपमा पनि त्यत्तिकै सशक्त रुपमा अघि बढेको हुनाले क्यानका सबै साथीहरु, उद्योगी, बैंकर्स सबैलाई धन्यवाद दिन चाहन्छु । यसबाट नेपालको आर्थिक, पर्यटक रुपमा निकै ठूलो अघि बढ्छ ।’

एनपिएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिता भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले कार्यक्रममा बताएका छन् । उनले खेलकुदलाई शारीरिक स्वास्थ्यसँग मात्रै जोड्ने कुराको रुपमा हेरे पनि एनपिएलललाई उद्यम, आर्थिक क्रियाकलापको क्षेत्रको रुपमा एनपिएललाई अघि सारिएको बताएका छन् ।
उनले भने, ‘एनपिएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिताको रुपमा मैले यसलाई लिन्छु । हाम्रो माझमा खेलकुदलाई शारीरिक स्वास्थ्यसँग मात्रै जोड्ने कुरा थियो, तर अब यो एउटा उद्यम, आर्थिक क्रियाकलापको क्षेत्रको रुपमा एनपिएललाई अघि सारिएको छ । म यसको शुरुवाती दिनदेखि नै सँगै छु ।’

खेललाई स्वास्थ्यसँग मात्रै जोडेर हेर्न नहुने सदस्यसचिव घिसिङले बताएका छन् ।


प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?