दमौली (तनहुँ)। अर्थमन्त्री डा प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको निरीक्षण गरेका छन्। आज देवघाट आइपुग्नुभएका अर्थमन्त्री डा महतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा अर्थमन्त्री महतले आश्रमका बारेमा जानकारी लिँदै पहिरो नियन्त्रणका लागि भइरहेको कामका बारेमा चासो राख्नुभएको थियो
गलकोट (बागलुङ)। मुस्ताङकाे स्याउ भित्रिन थालेपछि बागलुङमा फलफूलको बजार फस्टाउन थालेको छ । असोज लागेसँगै मुस्ताङको स्याउले बागलुङमा बजार पाउन थालेको छ । पछिल्लो समय यहाँका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ देखिन्छ । अधिकांश उपभोक्ताले मुस्ताङको स्याउ खोज्ने भएकाले अन्य स्याउको तुलनामा असोज लागेपछि यसको कारोबार बढी हुन थालेको फलफूल
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनेछन् । प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोयनीयताको शपथ लिएका थिए । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा
२० ,असोज ,धनुषा । हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो । ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा
काठमाडौं । सरकारले भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ । भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा गरेका हुन् । यस्तै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा
काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । यो जितसँगै अफगानिस्तानले फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई संसोधन गर्दा १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त बनाउन सकिने गरी नीति बनाउनु पर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षक विधेयकमाथि जारी छलफलमा बोल्दै शर्माले यसलाई औपचारिकतामा पास गर्नेभन्दा पनि व्यापक छलफल गरेर मात्रै अघि बढाउनु पर्ने
काठमाडौं । संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै शुक्रबारदेखि स्थानीय तहका कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा रोकेका छन् । सरकारले स्थानीय सेवाका कर्मचारीहरुको मागबारे प्रतिक्रिया नजनाएपछि अधिकांश स्थानीय तहका कर्मचारीहरुले नियमित काम रोकेका हुन् । मंगलबार उनीहरुले संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटेर मागपत्र पेश गर्दै
काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले राखेको ५ लाखसम्म बचतको बीमा सुरक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । विहीवार राष्ट्रबैंकले एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । ‘इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु. ५
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयम अपनाउन सबैलाई अपील गरेकी छन् । देशका कतिपय स्थानमा भएका घटनाले धार्मिक, सांस्कृतिक एवं अन्तरसमुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न भएको भन्दै उनले सबैलाई जिम्मेवार बन्न र संयम अपनाउन अनुरोध गरेकी छन् । शुक्रबार सार्वजनिक सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनतालाई एक-अर्काविरुद्ध