Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

१२ कक्षा उत्तीर्ण विद्यार्थी सीपमा पोख्त हुने नीति बनाऔँ : जनार्दन शर्मा


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई संसोधन गर्दा १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त बनाउन सकिने गरी नीति बनाउनु पर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षक विधेयकमाथि जारी छलफलमा बोल्दै शर्माले यसलाई औपचारिकतामा पास गर्नेभन्दा पनि व्यापक छलफल गरेर मात्रै अघि बढाउनु पर्ने बताए । ‘१२ कक्षा पढेर निस्किएका विद्यार्थी आफ्नो कुनै न कुनै सिपमा सक्षम हुनुपर्ने आवश्यक्ता छ । त्यस्तो खालको पाठ्यक्रम बनाउने हिसाबले, संस्था बनाउने हिसाबले, शिक्षण विधि तय गर्ने हिसाबले अबको कानुनलाई व्यवस्थित बनाउनुपर्ने आवश्यक्ता छ’, शर्माले बैठकमा भने, ‘शिक्षालाई सिपसँग जोड्ने, सिपलाई श्रमसँग जोड्ने, श्रमलाई रोजगारीसँग जोड्ने, रोजगारलाई उत्पादनसँग जोड्ने र उत्पदनलाई बजारसँग जोड्ने शिक्षा नीति बनाउनुपर्छ ।’ उनले १२ कक्षासम्मको विद्यालय शिक्षालाई एकरुपतामा लैजानुपर्ने र सबै विद्यार्थीले एउटै खालको शिक्षा पाउने पाठ्यक्रम, शिक्षण विधि, शिक्षकका सेवा सुविधा र टेनिङको व्यवस्था समेत गर्नुपर्ने बताए ।

उनले शिक्षा नीतिकलाई सबैले स्वीकार गर्नसक्ने बनाउनुपर्ने भन्दै विभिन्न समयमा भएका सम्झौतालाई मुलुकको कानुन र संविधानसम्मत ढंगले समेटेर लैजानुपर्ने बताए । उनले राष्ट्रियतालाई सुदृढ गर्ने, संस्कार, संस्कृति र उत्पादनलाई वुद्धि गरी असल शिक्षा नीति निर्माणका लागि गम्भिरतापूर्वक छलफल गर्नुपर्ने आवश्यक्ता औँल्याए ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?