२४ ,असोज ,जनकपुरधाम । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी
२४ ,असोज ,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुदा भोटखोला–१ किमाथाङ्काबाहेक सबै वडामा सम्र्पकविच्छेद भएको छ
२४ ,असोज ,बेनी । म्याग्दी सदरमुकाम बेनी बजारभित्रको सडकलाई अतिक्रमणमुक्त बनाउने अभियान सुरु भएको छ । बेनी नगरपालिकाले बजारभित्र सडकलाई अतिक्रमण गरी बनाइएका सडक, पेटी र अव्यवस्थित पूर्वाधार हटाउन थालेको हो । पटक–पटकको अनुरोध र सार्वजनिक सूचनालाई अटेर गरेपछि नगरपालिकाले बेनीको अस्पतालचोकबाट सडक मापदण्डलाई कार्यान्वयनमा ल्याउनका लागि अतिक्रमित संरचना भत्काउन
२४ ,असोज ,कर्णाली । कर्णाली प्रदेश सरकारलाई ‘कर्णाली प्रदेश भू–उपयोग नीति तथा जोखिम संवेदनशील भू–उपयोग योजना र निर्देशिका’ हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा मङ्गलबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित भू–उपयोग नीति, योजना तथा निर्देशिकासम्बन्धी कार्यशाला गोष्ठीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का सहायक आवासीय प्रतिनिधि विजय सिंहले उक्त
२३ ,असोज ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा दातृ निकायको सहयोग आवश्यक भएको बताएका छन् । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पाण्डेले प्रदेशको स्रोतसाधनले मात्रै सबै काम गर्न सम्भव नभएको तथा भौगौलिक विकटताका कारण पनि
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानसिक स्वास्थ्योपचार सर्वसुलभ बनाउन माग गरेको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनका साथै यससम्बन्धी उपचार सर्वसुलभ बनाउन आयोगले सबैलाई आग्रह गरेको हो । आयोगले मानसिक स्वास्थ्यबाट पीडितहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आयोग सरकार तथा सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ । आयोगका
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमालाई बढाएर व्यक्तिगतमा १५ करोड र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गरेका छन् । विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको तत्काल समाधान खोज्ने बताउएका छन् । उनले भने, “स्वास्थ्य
काठमाडौं । डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेङ्गु सङ्क्रमण सेप्टेम्बर महिना भदौ १५ देखि असोज १३ गतेसम्ममा घटेको पाइएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले स्थानीय तहले सजकता अपनाउँदा र
भेरीगङ्गा,सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ । अधिवेशन अन्तर्गतको बैठकमा कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ । कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेर लागू भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश