Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

 सेयर बजारमा गिरावट, साढे ५ महिनापछि १९०० विन्दुमुनि झर्‍यो नेप्से


काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमालाई बढाएर व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोड बनाएको थियो । राष्ट्र बैंकले उक्त सीमा बढाएपनि सेयर लगानीकर्तामा भने त्यसले सकारात्मक प्रभाव पार्न सकेको छैन । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्सेमा १९.०६ अंकको गिरावट हुँदा १८८९.५९ को विन्दुमा झरेको छ । नेप्से साढे ५ महिनापछि १९०० को विन्दुबाट तल भरेर बन्द भएको हो । यसअघि ८ जेठ २०८० मा नेप्से १८९१.३१ को विन्दुमा बन्द भएको थियो भने ७ जेठमा १८८३.२० को विन्दुमा बन्द भएको थियो । राष्ट्र बैंकले १२ करोडको सीमा बढाउनुअघि गत बिहीबार नेप्से १९५६.९२ को विन्दुमा बन्द भएको थियो भने बिहीबार साँझ १२ करोडको सीमा हटाएपछि आइतबार नेप्से ३५.६७ अंकले गिरावट हुँदा सोमबार १२.५८ अंकले गिरावट भएको थियो । मंगलबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक १.७९ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक १.६९ प्रतिशतले गिरावट भएको छ । यस्तै होटल तथा पर्यटन उपसूचक पनि १.५८ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबारमा भने सोमबार भन्दा केही सुधार भएको छ । आइतबार १ अर्ब ८० करोडको कारोबार भएको बजारमा सोमबार १ अर्ब १७ करोडमा सीमित भएको थियो । मंगलबार भने कारोबार रकम बढेर १ अर्ब २८ करोड ३२ लाख पुगेको हो । मंगलबार नेप्सेमा ४४ हजार ६९ वटा कारोबारमा ४२ लाख ८७ हजार ४२४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । मंगलबार कारोबार भएकामध्ये सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक २० करोड ३८ लाख रुपैयाँको सेयर, त्यस्तै नबिल बैंकको ३ करोड ३४ लाख र एनआईसी एशिया बैंकको ३ करोड ३ लाखको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल २३३ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १९३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

मंगलबार कारोबार भएकामध्ये अप्पर लोहोर खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ५.८६ प्रतिशतले वृद्धि भएको छ । यस्तै इन्फिनिटी लघुवित्तको सेयरमूल्य ४.१९ प्रतिशत र गुराँस लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशतले गिरावट हुँदा गरिमा ऋणपत्र २०८५ को मूल्य ५.३८ प्रतिशतले गिरावट भएको छ । यस्तै रावा इनर्जी डेभलमेन्ट कम्पनीको सेयरमूल्य भने ५.४८ प्रतिशतले गिरावट भएको हो ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?