७ ,श्रावण ,वीरगञ्ज । सात राजनीतिक दलले वीरगन्ज महानगरपालिकामा रहेको खानेपानीको समस्या समाधान गर्न सरकार समक्ष माग गरेका छन् । वीरगन्जमा सम्पन्न राजनीतिक दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा खानेपानी समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसँग माग गरिएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी),
७ ,श्रावण ,जुम्ला । जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५०
७ ,श्रावण ,जनकपुरधाम । हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्नेमा सरोकारवालाले माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘मधेसको राजनीतिमा हिन्दी भाषाको अन्तरसम्बन्ध’ विषयक परिचर्चा कार्यक्रममा सरोकारवालाले मधेसमा धेरै पहिलेदेखि नै बोलिने हिन्दी भाषा अधिकांशको सम्पर्क भाषाको रूपमा रहेकाले सरकारले हिन्दीलाई
७ ,श्रावण ,कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जुम्लाका कार्यालय प्रमुखहरूलाई बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका छन् । पुल, भवन, शिक्षा तथा स्वास्थ्यका संरचनालगायतका विभिन्न योजनाको अनुगमन तथा निरीक्षणका लागि शनिबार जुम्ला पुगेका उनले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनमा प्रदेश सरकारले लिएको लक्ष्य
७ ,श्रावण ,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) बर्दघाट नगरपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । निः शुल्क उपचारका लागि नगरपालिकाकाभित्रका दुई सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । “अपाङ्गता भएकालाई स्वास्थ्योपचारमा सहज होस् भनेर निः शुल्क उपचारको सुरुआत गरेका हौ”, उनले
६ श्रावण, कास्की । नेवा: पत्रकार पुच: कास्कीको नेतृत्व अनिशा श्रेष्ठले गर्ने भएकी छन् । शनिबार सम्पन दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएसँगै उनको नेतृत्वमा नेवा: पत्रकार पुच: अगाडी बढ्ने भएको हो । उनीसँगै उपाध्यक्ष गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ चुनिएका छन् भने
६ श्रावण, सुनसरी । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् । इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा
६ श्रावण, काठमाडाैँ । थाइल्याण्डका नागरिकबाट बरामद गरिएको साढे ४ किलो पहेँलो धातु पित्तल भएको पुष्टि भएको छ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको थियो । त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षण गर्दा उक्त परिमाणको पहेँलो धातु पित्तल भएको पुष्टि भएको हो । भन्सार कार्यालयका कर्मचारीले बैंककबाट काठमाडौं आइपुगेका
६ श्रावण, रुकुम । प्रायजसो पानीघट्ट खोला वा नदी किनारामा हुने गर्छन् । बाँफीकोट गाउँपालिकाको एउटा गाउँमा भने साढे तीन किलोमिटर टाढाबाट पाइपमार्फत पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको छ । बाँफीकोट–५ माथिल्लो काँडामा तीन किमी टाढाबाट पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको हो । ‘गाउँका मान्छेलाई सधैँ घट्टमा पिसानी गर्ने
६ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए । यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको