Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

खानेपानी समस्या समाधान गर्न सात दलको माग


७ ,श्रावण ,वीरगञ्ज । सात राजनीतिक दलले वीरगन्ज महानगरपालिकामा रहेको खानेपानीको समस्या समाधान गर्न सरकार समक्ष माग गरेका छन् ।

वीरगन्जमा सम्पन्न राजनीतिक दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा खानेपानी समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसँग माग गरिएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै खानेपानी समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो ।

खानेपानी समस्याका विषयमा सबै तहका सरकारको ध्यानाकर्षण गराई यथाशक्य छिटो समाधान गर्न ध्यानाकर्षण गराउने बैठकमा निर्णय भएको जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका पर्सा सभापति जनार्दनसिंह क्षेत्री, जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य छोटेलाल यादव, नेकपा एकीकृत समाजवादीका पर्सा अध्यक्ष बालगोपाल थापा, जनमत पार्टीका उमाशङ्कर गुप्ता, राप्रपाका शम्भु गिरी, नागरिक उन्मुक्तिका राजकुमार ओझैयालगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?