Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

खानेपानी समस्या समाधान गर्न सात दलको माग


७ ,श्रावण ,वीरगञ्ज । सात राजनीतिक दलले वीरगन्ज महानगरपालिकामा रहेको खानेपानीको समस्या समाधान गर्न सरकार समक्ष माग गरेका छन् ।

वीरगन्जमा सम्पन्न राजनीतिक दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा खानेपानी समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसँग माग गरिएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै खानेपानी समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो ।

खानेपानी समस्याका विषयमा सबै तहका सरकारको ध्यानाकर्षण गराई यथाशक्य छिटो समाधान गर्न ध्यानाकर्षण गराउने बैठकमा निर्णय भएको जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका पर्सा सभापति जनार्दनसिंह क्षेत्री, जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य छोटेलाल यादव, नेकपा एकीकृत समाजवादीका पर्सा अध्यक्ष बालगोपाल थापा, जनमत पार्टीका उमाशङ्कर गुप्ता, राप्रपाका शम्भु गिरी, नागरिक उन्मुक्तिका राजकुमार ओझैयालगायतको उपस्थिति थियो ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?