Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

योजनाको ठेक्का कात्तिकभित्रै लगाउन निर्देशन


७ ,श्रावण ,कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जुम्लाका कार्यालय प्रमुखहरूलाई बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका छन् ।

पुल, भवन, शिक्षा तथा स्वास्थ्यका संरचनालगायतका विभिन्न योजनाको अनुगमन तथा निरीक्षणका लागि शनिबार जुम्ला पुगेका उनले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनमा प्रदेश सरकारले लिएको लक्ष्य हासिल गर्न आग्रह समेत गरे । उनले कार्यालय प्रमुखले राखेका गुनासो सम्बोधनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

जिल्लामा रहेका प्रदेशका कार्यालयले गर्नुपर्ने कामका बारेमा जानकारी दिँदै मन्त्री सिंहले भने, “प्रदेश सरकारको बजेट पारित भइसकेको छ । अब तत्कालै बजेटको अख्तियारी आउँछ । तोकिएका योजनाहरूको काम समयमै सम्पन्न र कुनै पनि योजनाको ठेक्का कात्तिकभित्रै गर्नका लागि कार्यालय प्रमुख नियमित हुनुको साथै दत्तचित्त भएर लाग्नुपर्दछ ।”

उनले जनतालाई सेवा प्रवाह गर्ने कुरामा कुनै पनि कमजोरी नगर्न र विशेषगरी सुशासन कायममा जोड दिन कार्यालय प्रमुखसहितका कर्मचारीलाई सुझाएका थिए । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कार्यालय प्रमुखहरूको काममा सहजीकरण, उनीहरूको नियमितता, जिल्लाको शान्ति सुरक्षा र सुशासन कायम गर्नतर्फ आफ्नो भूमिकालाई सघन बनाउने बताए ।

जिल्लाको अनुमगन तथा निरीक्षणका क्रममा मन्त्री सिंहले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मुलुककै जेठो प्राविधिक विद्यालय कर्णाली प्राविधिक शिक्षालय, नेपाल पत्रकार महासङ्घ जुम्लाको भौतिक संरचनाको अवलोकन गर्नुका साथै जुम्ला पातारासी गाउँपालिका–५ ल्होर्पाको निर्माणाधीन र तीन नम्बर वडाको ठेक्काका लागि तयारी भएको पुलसमेत निरीक्षण गरेका थिए ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?