Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

थाइल्याण्डका नागरिकबाट बरामद गरिएको साढे ४ किलो पहेँलो धातु पित्तल भएको पुष्टि


६ श्रावण, काठमाडाैँ । थाइल्याण्डका नागरिकबाट बरामद गरिएको साढे ४ किलो पहेँलो धातु पित्तल भएको पुष्टि भएको छ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको थियो ।

त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षण गर्दा उक्त परिमाणको पहेँलो धातु पित्तल भएको पुष्टि भएको हो ।

भन्सार कार्यालयका कर्मचारीले बैंककबाट काठमाडौं आइपुगेका थाई नागरिकबाट १० थान बिस्कुट आकारको पहेँलो धातु जफत गरेका थिए । अहिले उनले ल्याएको धातु थाई नागरिकलाई नै हस्तान्तरण गरिएको बताइएको छ ।

ती थाइ नागरिकले लुम्बिनीमा चढाउनका लागि उक्त धातु ल्याएको बताएका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?