Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित


अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ । आम निर्वाचनको आसपासमा करिव एक साता बिदा पर्यो  । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दियो ।

त्यसअघि फागुन १८ गते सोमवार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको बिदा भयो । यस्तै २३ गते शनिवार प¥यो । यस आधारमा एक साता सार्वजनिक बिदा भयो । अझ महिलाहरुका लागि फागुन २४ गते नारी दिवसको बिदा छ ।

करिव ८० दिन भन्दा बढी २०८२ मा दिने निर्णय गरेको सरकारले आगामी २०८३ सालमा शनिवार र विभिन्न चाडपर्व, जयन्तीलगायत गरी १०९ दिन सार्वजनिक बिदा दिँदैछ । कतिपय दिन देशभर र कतिपय दिन सम्बन्धित क्षेत्र र समुदायका लागि बिदा तोकिएको छ । सरकारले आठ प्रकारका बिदा निर्धारण गरेको छ । जसअन्तर्गत २०८२ मा शनिवार ५२ दिन सार्वजनिक बिदा तय गरिएको छ । त्यस्तै, पर्व बिदा सबैले पाउँछन् । महिला कर्मचारी, शिक्षण संस्था, जात्रा, दिवस, अपाङ्गता भएका कर्मचारी, जयन्ती र दिवसमा कतिपय देशभर र कतिपय सम्बन्धित क्षेत्र तथा समुदायका व्यक्तिका लागि बिदा निर्धारण गरिएको छ । यससँगै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको बिदालाई समेत ध्यानमा राखेर १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न पाउँछन् । प्रदेश र स्थानीय सरकारले पनि आआफ्नो क्षेत्रको धर्म, संस्कृतिका आधारमा थप ६ दिन सार्वजनिक बिदा दिन पाउँछन् ।

यसरी अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित बन्न थालेको छ । सार्वजनिक विदाका कारण मजदुरहरु काममा नआउने, सरकारी कामहरु समेत नहुँदा समस्या पर्न थालेको निजी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक विदाहरु अत्याधिक हुँदा काममा असर पर्न थालेको बताउनु भयो । उहाँकाअनुसार भुगोल र जनसंख्याको हिसावले नेपाल सानो भएपनि सार्वजनिक बिदा दिन प्रचलन बढी हुँदा यसको असर काममा पर्न थालेको छ । हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिन भन्दा सार्वजनिक विदा धेरै हुन थालेको उहाँको भनाइ छ । विदाहरुका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडी धकेलिरहेको बताउँदै उहाँले विदाका कारण सरकारी कार्मचारी घर बसदिँदा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरिरहेको बताउनु भयो ।

अध्यक्ष सिंहले भन्नुभयो–‘भुगोल र जनसंख्याको हिसावले नेपाल धेरै नै सानो छ । भारत र चीनभन्दा ३०/३५ गुणा जनसंख्याको आधारमा नेपाल सानो छ । सानो देशमा धेरै नै विविधता छ । त्यो विविधताको सम्मान गर्नुपर्छ । तर त्यो सम्मान गर्दै गर्दा मुलुकको अर्थतन्त्र संकुचनमा ल्याउने, मुलुकको जीडीपी, आर्थिक वृद्धिलाई घटाउने र हाम्रो प्रगतिलाई बाधा गर्नेगरी धेरै सार्वजनिक बिदा हुने गरेको छ । जुन समुदायलाई बिदा दिनुपर्ने हो त्यो समुदायलाई मात्रै अब बिदा दिनुपर्छ । हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिन भन्दा सार्वजनिक बिदा धेरै भइरहेको छ । धेरै भाषाभाषी संस्कृति छौँं बिदा दिएर मात्रै मनाउने भन्ने हुँदैन । शहीद दिवसका दिन पनि बिदा दिइन्छ । बिदा दिन जरुरी छैनन् । अब काम गरेर कार्यक्रमहरु पनि गर्दै जानुपर्छ । बिदाहरुका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडी धकेलिरहेका छौँ । बिदाका कारण सरकारी कार्मचारी घर बसदिँदा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरिरहेको छ । निर्माण क्षेत्रमा केही काम सार्वजनिक बिदामा भएपनि धेरै मजदुरले हामीले चाडपर्व मान्नुपदैन भनेर भन्ने गरेका छन् । त्यसले पनि समस्या पार्ने गरेको छ ।’

निर्माण क्षेत्रमा सार्वजनिक विदाहरुले काम गर्न धेरै कठिन भइरहेको उहाँको भनाइ छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?