गण्डकी। गण्डकी प्रदेशभित्र विद्युत् विस्तारमा प्रयोग भएका ३० हजार चार सय ८१ काठका जीर्ण खम्बा हटाइ फलामका खम्बा राखिएको छ । प्रदेश सरकार स्थापना भएयता सो सङ्ख्यामा काठका खम्बा विस्थापन गरिएको हो । स्थानीय तह र नेपाल विद्युत् प्राधिकरणसँगको साझेदारीमा काठका खम्बा विस्थापनको काम भइरहेको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी
काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा सुदूरपश्चिम प्रदेश सरकारले जम्मा ५ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ । प्रदेश सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएकामा आर्थिक वर्षको चार महिना सकिँदा जम्मा दुई अर्ब ४० करोड ४९ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ
देउखुरी,दाङ। राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीका लागि आयोजित दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको गृहमन्त्रालयको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । लुम्बिनी प्रदेशको गृहमन्त्रालयका कानुन शाखा प्रमुख मञ्जु पोख्रेलले प्रदेश कार्यालय सधैँ पत्रकारका पक्षमा सकारात्मक रहेको बताए । लुम्बिनी प्रदेशमा प्रशस्त सम्भावना
काठमाडौं। नेपाली कांग्रेसले विभिन्न विषयमा निर्णय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २०८० मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध
काठमाडौं। काठमाडौं महानगरपालिकाले सोमबार स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । त्यस्तै, स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र आज नै लिइएको अन्तरवार्ताको प्राप्ताङ्कका आधारमा योग्यता क्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको
भेरीगङ्गा,सुर्खेत। कर्णाली प्रदेश सरकारले स्वास्थ्य पुनःस्थापनासम्बन्धी सात वर्षीय रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त रणनीतिक योजना अघि बढाइएको हो । त्यस्तै, रणनीतिक योजनाअन्तर्गत आकस्मिक अवस्थामा ज्यान गुमाउने तथा अपाङ्गता हुने अवस्था अन्त्य गरिने छ ।
अन्नपूर्ण,कास्की। पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्ष अघिसम्म शान्ति स्तुपा
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको छ । एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसैगरी, माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा
काठमाडौं। दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् । त्यसैगरी, पशुपतिनाथ मन्दिर आउन नसक्ने भक्तजनले भने आ–आफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान
काठमाडौं। लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएकोे छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औल्याएका छन् । त्यस्तै, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक