Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’


काठमाडौं। लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएकोे छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औल्याएका छन् ।

त्यस्तै, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक हिंसा अन्त्यका लागि सबै प्रतिबद्ध हिसाबले लाग्नुपर्ने बताए । “लैङ्गिक हिंसा न्यूनीकरणमा मेरो प्रतिवद्धता हुनेछ”, उनले भने ।

उपप्रमुख मुरारी तामाङले लैङ्गिक हिंसा नियन्त्रणका लागि व्यक्ति व्यक्ति लाग्नुपर्ने बताए । लैङ्गिक हिंसा गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याउन सके हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो भने प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सामाजिक सञ्जालमार्फत महिला हिंसा बढेको जनाउँदै यसलाई नियन्त्रण गर्न लाग्नुपर्ने उल्लेख गरेका छन् ।

त्यसैगरी, अधिवक्ता सविन श्रेष्ठले गत वर्षमात्र नेपालमा तीन हजार तीस सय महिला हिंसा भएको जानकारी दिए । “चिनजानकै व्यक्तिबाट बढी महिला हिंसा हुने गरेको छ, महिला हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । पछिल्लो समय यौन हिंसामा पर्नेमा ११ देखि १६ वर्षसम्मका महिला बढी रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?