Trending
>>   हिमाल हेर्न कोखेडाँडा >>   रौतहट ईशनाथ–१ का वडाध्यक्ष साहको निधन >>   दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा >>   सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण >>   रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता, सुनुवाइ मङ्सिर ३ गते >>   काठमाडौं अदालतले भन्यो- पशुपति/गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन >>   हिमाल आरोहण गर्न ७० देशबाट ८७० आरोहीले लिए अनुमति >>   छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने >>   विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल >>   ‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग
Logo
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

स्रोत शिक्षक पदको अन्तिम नतिजा प्रकाशन


काठमाडौं। काठमाडौं महानगरपालिकाले सोमबार स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । त्यस्तै, स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र आज नै लिइएको अन्तरवार्ताको प्राप्ताङ्कका आधारमा योग्यता क्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, प्रयोगात्मक परीक्षामा गुणस्तर सुधार योजनाको मूल्याङ्कन, प्रस्तुतीकरण र कम्प्युटर सिपको परीक्षण गरिएको थियो।महानगरपालिकाले गणित विषयमा ३ पद, नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषयमा २र२ पदका लागि गएको कार्तिक १७ गते विज्ञापन गरेको थियो ।

माग गरिएका पदमा हिजो लिइएको लिखित परीक्षामा गणित विषयमा ११ जना, नेपाली विषयमा ४ जना, अंग्रेजी विषयमा ५ जना, विज्ञान विषयमा ४ जना र सामाजिक विषयमा ८ जना आवेदक सहभागी भएका थिए ।

उक्त परीक्षा लिएकै दिन प्रकाशन भएको नतिजामा गणित विषयका लागि ५ जना, नेपाली विषयका लागि १ जना, अंग्रेजी, विज्ञान र सामाजिक विषयका लागि ४/४ जना आवेदक छनोट गरिएको थियो भने उनीहरूलाई बोलाएर आज अन्तरवार्ता लिइएको थियो ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?