Trending
>>   आज मिति २०८२ साल जेठ २० गते मंगलबार,हेर्नूहोस् आजको राशिफल >>   देशको शीर उँचो हुनेगरी खेल्नुस् : खेलकुदमन्त्री चौधरी >>   प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याएको छुः अर्थमन्त्री पौडेल >>   विकास विरोधी कानूनहरु संशोधन नगरेसम्म बजेट कार्यान्वयन हुँदैनः जनार्दन शर्मा >>   शिक्षक महासंघसँगको वार्ता निष्कर्ष उन्मुखः शिक्षामन्त्री पन्त >>   गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्दैनः रास्वपा >>   सरकार र यातायात व्यवसायीहरुबीचको छलफल निष्कर्ष बिहीन >>   शिर्ष तीन दलको बैठकः गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी >>   राजा वीरेन्द्रको स्मरणमा दीप प्रज्वलन >>   हाम्रो समस्या नै लोकप्रियतावाद भयो, यसले भविष्यमा अत्यन्तै अलोकप्रिय बनाउँछः पूर्वअर्थमन्त्री महत
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

कर्णालीमा सात वर्षीय रणनीतिक कार्ययोजना


भेरीगङ्गा,सुर्खेत। कर्णाली प्रदेश सरकारले स्वास्थ्य पुनःस्थापनासम्बन्धी सात वर्षीय रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त रणनीतिक योजना अघि बढाइएको हो ।

त्यस्तै, रणनीतिक योजनाअन्तर्गत आकस्मिक अवस्थामा ज्यान गुमाउने तथा अपाङ्गता हुने अवस्था अन्त्य गरिने छ । यसका लागि दुर्घटनास्थल र घाइतेलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन आकस्मिक चिकित्सा सेवासहितको पद्धति विकास गरिनेछ । उक्त सङ्घीय सरकार तथा स्थानीय तहसँग प्रभावकारी अन्तरसरकारी समन्वय गरी प्रदेशभित्रका सिकलसेल एनिमिया, थालासेमिया र हेमोफेलिया जस्ता वंशाणुगत रक्तजन्य रोग निवारण गर्न अनुसन्धानात्मक उपाय अवलम्बन गरिने रणनीतिक योजनामा उल्लेख गरिएको छ ।

उक्त राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा आयोजना गरेकोे स्वास्थ्य पुनःस्थापनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस विषयमा जानकारी दिँदै सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अधिकृत अमृता ज्ञवालीले स्वास्थ्य पुनःस्थापना सेवालाई स्वास्थ्यका योजना तथा बजेटमा एकीकृत गरिने बताएकि छन् । उनले पुनःस्थापना इकाइ स्थापना गरी सञ्चालन गर्ने, स्थानीय तहसँगको समन्वयमा स्थानीयस्तरका स्वास्थ्य संस्थालाई क्रमिकरुपमा अपाङ्गमैत्री संरचनामा स्तरोन्नति गर्ने, अपाङ्गता भएका व्यक्तिलाई पुनःस्थापना सेवा दिने, सेवाग्राहीको सूचना तथ्याङ्क सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गर्नेलगायत क्रियाकलाप कार्ययोजनामा समेटिएको अधिकृत ज्ञवालीले जानकारी दिइन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्वअध्यक्ष वीरेन्द्र पोख्रेल देशभर अहिले आठ प्रतिशत अपाङ्गता भएका व्यक्ति गरिबीसँग जुधीरहेको उल्लेख गर्दै गरिबीकै कारण सामान्य औषधि उपचारसमेत नपाएको उल्लेख गरे । सरकारले अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न रोजगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो भने त्यसलाई नीति कार्यक्रममा नै समावेश गर्न पूर्वअध्यक्ष वीरेन्द्र पोख्रेलले आग्रह समेत गरे ।

उक्त कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्कबहादुर पोख्रेलले अपाङ्गता भएका व्यक्तिका लागि प्रदेश सरकारले छुट्टै नीति बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न शीर्षकमा रु एक करोडभन्दा बढी बजेट विनियोजन गरिएको सो अवसरमा जानकारी दिइयो ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?