Trending
>>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ? >>   ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ >>   सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ >>   काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक >>   पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते >>   मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली >>   होलीः सडकमा पोखिएको इन्द्रेणी
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

प्रदेश समाचार


उत्तरी रसुवामा निर्मित माथिल्लो सङ्जेनबाट विद्युत् उत्पादन सुरु

२३ ,श्रावण ,रसुवा । साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू भएको छ । माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४ दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट यही साउन २० गतेदेखि उत्पादन हुन थालेको र उत्पादित विद्युत् राष्ट्रिय प्रशारणमा पठाउने काम सम्पन्न गरिएको हो । साङ्जेन

सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड

२३ ,श्रावण ,भक्तपुर । प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ । मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे मङ्गलबार कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनबारे राष्ट्रिय तथा

स्वास्थ्य बीमामा आकर्षण : भरतपुर अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो

२३ ,श्रावण ,नारायणगढ । स्वास्थ्य बीमाको पहिलो विन्दु यहाँको भरतपुर अस्पताल भएसँगै उपचारमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत आउने गरेका छन् । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई हजार दुई सय जना बिरामी अस्पतालको

मनोहरा खोलाको बीच भागमा अड्किएका राईको सकुशल उद्धार

२३ श्रावण, काठमाडाैँ । सशस्त्र प्रहरीको टोलीले मनोहरा खोलाको बीच भागमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ । अविरल वर्षाका कारण भक्तपुरको मध्यपुरथिमी नगरपालिका ९ र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ७ जोड्ने मनोहरा खोला पुलको बीच भागमा अड्किएका किरण राईको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । खोटाङ्ग जिल्लाको

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

२३ श्रावण, चितवन। अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ५ः२० बजे खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ः२० बजेबाट सडकखण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरुद्ध भएको थियो । बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरुपमा सञ्चालनमा आएको

मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट

२३ श्रावण, जनकपुर । मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको विलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढिकरण भएसँगै निरन्तर विद्युत् चुहावट घट्दै गएको हो । आर्थिक वर्ष

टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा

२३ श्रावण, गोरखा । गोरखा नगरपालिका-७, सतिपिपलस्थित एक घरबाट बरामद् गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ । स्थानीयसहित विभिन्न सङ्घ संस्थाले बरामद् गरेको उक्त टल्कने ढुङ्गा अन्यत्र नपठाउन अनुरोध गरेपछि ढुङ्गा परीक्षणका लागि भूगर्भविद् सहितको

खोलाको पानी गाउँ पस्दा एक दर्जन घर डुबानमा

२३ श्रावण, वीरगञ्ज । अबिरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका–३० लालपर्सा र प्रसोतिपुरको एक दर्जन घर डुबानमा परेका छन् । स्थानीय भेडाहा खोलाको पानी गाउँमा पस्दा लालपर्सा, प्रसोतिपुरलगायत गाउँका एक दर्जन घर डुबानमा परेको स्थानीयले बताएका छन् । यद्यपि आज बिहानदेखि पानीको सतह घट्दै गएको छ । बस्ती डुबानमा परेपछि प्रतिनिधिसभाका सदस्य

एउटै बसको ठक्करले १० गाई र गोरु मरे

२३ श्रावण, कपिलवस्तु । कपिलवस्तुको पूर्व पश्चिम राजमार्गको खारखानीमा बसको ठक्करबाट १० छाडा चौपया मरेका छन्। मङ्गलबार राति अन्दाजी २ बजे काठमाडौंबाट दाङ जाँदै गरेको बा प्र ०१००६ ख ५१७१ नम्बरको यात्रु बसको ठक्करले ५ गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले जानकारी दिए।

दार्चुलाको आकाशमा निरन्तर चक्कर लगाउँदै भारतीय हेलिकप्टर

२३ श्रावण, दार्चुला । दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले चक्कर लगाइरहेको पाइएको छ। पछिल्ला केही दिनयता भारतीय हेलिकप्टर नेपाली आकाशमा उडिरहेको छ । खलंगामा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको ४४ नम्बर गण हेडक्वाटरलगायतका सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रमाथि हेलिकप्टर उडेको बताइएको छ ।

सम्वन्धित समाचारहरु