Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

उत्तरी रसुवामा निर्मित माथिल्लो सङ्जेनबाट विद्युत् उत्पादन सुरु


२३ ,श्रावण ,रसुवा । साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू भएको छ ।

माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४ दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट यही साउन २० गतेदेखि उत्पादन हुन थालेको र उत्पादित विद्युत् राष्ट्रिय प्रशारणमा पठाउने काम सम्पन्न गरिएको हो ।

साङ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार ढुङ्गेलका अनुसार सन् २०१३ देखि निर्माण सुरू भएको माथिल्लो साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन दिन थालेको र उत्पादित विद्युत् चिलिमे जलविद्युत्को राष्ट्रिय प्रशारण लाइनमार्फत केन्द्रीय भण्डारणमा पठाइ सकिएको छ ।

विद्युत् उत्पादनका लागि समुन्द्र सतहबाट दुई हजार तीन सय ५० मिटरको उचाइ तिलुचे बगरमा बाधबाँधी एक हजार तीन सय मिटर भूमिगत सुरूङ एवं एक सय ५६ मिटर पेनस्टक पाइपको सहायताले प्रतिसेकेण्ड ११ दशमलव छ घनमिटर पानी सिम्बू गाउँको पुछारमा निर्मित विद्युत् गृहमा पुर्याएको छ ।

तीन वटा फ्रान्सिस टरवाइनमार्फत वार्षिक रूपमा आठ करोड ८५ लाख युनिट विद्युत् उत्पादन हुने र आयोजनाबाट वार्षिक रू ४० करोड आय हुने प्रबन्ध निर्देशक ढुङ्गेलले बताउनुभयो । विद्युत् गृह रहेको स्थान समुन्द्र सतहदेखि दुई हजार एक सय ८० मिटरको उचाइमा रहेको छ ।

यो आयोजना सम्पन्न भएसँगै अब रसुवाको जल सम्पदाले एक सय एक दशमलव आठ मेगावाट विद्युत् उत्पादन गराएको छ । यसभन्दा अगाडि विसं २०६० मा २२ मेगावाट क्षमताको चिलिमे, विसं २०७१ मा पाँच मेगावाट क्षमताको मैलुङ्खोला र विसं २०७६ मा ६० मेगावाट क्षमताको माथिल्लो त्रिसुली थ्रि–ए जलविद्युत् केन्द्रले उत्पादन दिएको जनाइएको छ ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?