Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

मनोहरा खोलाको बीच भागमा अड्किएका राईको सकुशल उद्धार


२३ श्रावण, काठमाडाैँ । सशस्त्र प्रहरीको टोलीले मनोहरा खोलाको बीच भागमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

अविरल वर्षाका कारण भक्तपुरको मध्यपुरथिमी नगरपालिका ९ र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ७ जोड्ने मनोहरा खोला पुलको बीच भागमा अड्किएका किरण राईको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

खोटाङ्ग जिल्लाको बतासे गाउँपालिका १ का राई खोलामा आएको बाढीको कारण पुलको बीच भागमा रहेको पिल्लर माथिको स्ल्याबमा
अड्किएका थिए ।

नं. २२ गुहेश्वरी गण भक्तपुरबाट विपद् उद्वार सामाग्रीसहित खटिएको टोलीले उनको सकुशल उद्वार गरेको हो ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?