Trending
>>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार >>   इतिहासदेखि वर्तमानसम्म मगर समुदायको भूमिका अविस्मरणीय : बालेन शाह >>   होलीका नाममा अराजक गतिविधि निषेध, उल्लंघन गरे कारबाही >>   रुकुम पश्चिमलाई देशकै नमूना बनाउने जनार्दन शर्माको उद्घोष >>   उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी >>   उद्योग तथा बजार अनुगमन नियमित हुन्छः महानिर्देशक जोशी >>   खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई >>   नेपालमा आएर निर्माण क्षेत्र देखी हस्पिटलसम्म काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दै >>   आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै >>   प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

प्रदेश समाचार


कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु : प्रचण्ड

२३ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् । पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका पार्टी निकट जनवर्गीय संगठनसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने आश्वासन दिएका हुन् ।

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

२३ चैत्र, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो

भक्तपुर औद्योगिक तथा पर्यटन महोत्सव आजदेखि

२३ चैत्र, भक्तपुर । नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ। औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा महोत्सव आयोजना गरिएको हो। भक्तपुर आउने आन्तरिक तथा

एउटै परीक्षा केन्द्रबाट एसईई दिइरहेका नक्कली परीक्षार्थीको आशंकामा ५२ जना पक्राउ

२३ चैत्र, मोरङ । अर्काको नाममा परीक्षा दिइरहेको आशंकामा ५२ जना प्रहरीको नियन्त्रणमा परेका छन् । मोरङको सरस्वति माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई प्रहरीले नक्कली परीक्षार्थीको आशंकामा नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । एसईईमा आज सामाजिक विषयको परीक्षा भइरहेको छ ।

समयमा किस्ता नबुझाउने ऋणीको घरमा एनआईसी बैंकले खटायो सुरक्षा गार्ड

२३ चैत्र, इटहरी । नेपालका अग्रणी बैंकहरूमध्ये एक एनआईसी बैंकले ऋणीहरूको घरमा सुरूक्षा गार्ड राख्न थालेको छ । ऋण लिएर समयमा ब्यान नतिर्नेहरूको घरमा बैंकले पोशाक सहितका सुरक्षा  गार्डहरू पठाएको हो । बैंकले गार्ड पठाएका घरहरू लिलामीको प्रक्रियामा गइसकेको बुझिएको छ । पछिल्लो समय एनआईसी बैंकले इटहरीका विक्रम तिम्सिनाको घरको

किसानको वर्गीकरण गर्दै पोखरा महानगर

२२ चैत ,गण्डकी । पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ । कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो । उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, जीविकोपार्जन र सामान्य गरी पाँच किसिमबाट किसानको अवस्था वर्गीकरण गरी परिचयपत्र दिन सुरु गरिएको हो । महानगरको कृषि तथा आर्थिक विकास

लुम्बिनीमा थन्किएका विदेशी मुुद्रा सटही हुने

२२ चैत ,लुम्बिनी । लुम्बिनीमा दानको रूपमा जम्मा भएको विदेशी मुद्रा सटही हुने भएको छ । लामो समयदेखि सटही नभएको विदेशी मुद्रा सटही गर्न नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा

लुम्बिनीमा म्याराथन प्रतियोगिता हुँदै

२२ चैत ,लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा भोलि बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता आयोजना हुनेभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ आयोजना हुन लागेको हो । लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक

पोखरामा नववर्ष महोत्सव हुने

२२ चैत्र, पोखरा । होटल सङ्घ पोखराको आयोजनामा यही चैत २९, ३० र वैशाख १ गते पोखरामा १८औँ फेवा नववर्ष महोत्सव हुने भएको छ । कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवरद्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए

रवि लामिछानेविरूद्ध परेका तीन उजुरी खारेज, उम्मेदवारी कायम

२२ चैत्र, चितवन ।  चितवन- २ बाट उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम रहेको छ । उनको उम्मेदवारीविरूद्ध परेका तीन दाबी विरोध रित नपुगेको भन्दै खारेज भएपछि लामिछानेको उम्मेदवारी कायम रहेको हो । लामिछानेविरूद्ध प्रतिस्पर्धी सहित युवराज सफलले दाबी विरोध गरेका थिए । तर, युवराज

सम्वन्धित समाचारहरु