Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई


खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई गरेको छ ।

विभागले बिहीवार सार्वजानिक गरेको आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक विवरणमा आयात अनुमतिपत्र जारीदेखि विषादी परीक्षणसम्मका गतिविधिमा कडाइ गरिएको उल्लेख छ । विभागले चालु आर्थिक वर्षको ६ महिनामा ७ हजार ८ सय ७३ वटा खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरेको थियो । तर आवश्यक कागजात अधूरा, पूर्ण लेबल विवरण नभएका वा सेवाग्राहीको माग अनुसारका मसला, कच्चा तेल, भिटामिन प्रिमिक्स, चामल, चाउचाउ, तिलको तेल, लिक्विड ग्लुकोज लगायत २२९ वटा कन्साइन्मेन्टको अनुमति खारेज गरिएको विभागका प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिनुभयो । विभागले आयात अनुमति पत्र नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्रदान गर्ने गरेको उहाँले जानकारी दिनुभयो । विभागले निर्यात प्रयोजनका लागि प्रयोगशाला परीक्षण र हेल्थ सर्टिफिकेट जारी गरी निर्यातलाई सहज बनाएको छ । विभिन्न खाद्य पदार्थहरू जस्तै छुर्पी, चिउरा, अचार, मसलाजन्य पदार्थ, फ्रेस अदुवा, मह, प्रशोधित वनस्पति तेल, चिया, कफी—विभिन्न देशमा निर्यातका लागि प्रमाणपत्र जारी गरिएको प्रवक्ता डा. शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा जम्मा ७ हजार ८७३ वटा खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरिएको थियो । यस वर्ष आवश्यक कागजात पूरा नभएका, पूर्ण लेबल विवरण नभएका साथै सेवाग्राहीको मागअनुसार मसला, कच्चा तेल, बेकरी सर्टनिंग, भिटामिन प्रिमिक्स, चामल, चाउचाउ, तिलको तेल, लिक्विड ग्लुकोज आदि लगायतका विविध खाद्य पदार्थहरू गरी २२९ वटा कन्साइन्मेन्टहरुको अनुमति अस्विकृत गरिएको थियो। खाद्य पदार्थको आयात अनुमति पत्र जारी गर्ने कार्य नेपाल राष्ट्रिय एकद्वार प्रणाली बाट अनलाइन मार्फत सेवा दिने कार्य भइरहेको छ ।’

विभागले आयातित तरकारी र फलफूलमा विषादीको द्रुत परीक्षण (आरविपिआर) लाई पनि कडाईका साथ लागू गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ३४ हजार ८५५ नमूना परीक्षण गर्दा १९ नमुना प्रतिकुल रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार आन्तरिक बजारमा काठमाडौं उपत्यकाका मुख्य तरकारी–फलफूल बजारबाट १ हजार २५३ नमूना संकलन गरिएकोमा सीतापाइलामा एउटा रायोको सागको नमूना प्रतिकुल पाइएको थियो ।


प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?