Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

होलीका नाममा अराजक गतिविधि निषेध, उल्लंघन गरे कारबाही


काठमाडौँमा मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मर्यादित, सभ्य र शान्तिपूर्ण रूपमा मनाउन सबैमा अनुरोध गरेको छ। कार्यालयले सूचना जारी गर्दै होलीका नाममा हुने अवाञ्छित, उच्छृंखल तथा गैरकानुनी गतिविधिमा संलग्न नहुन चेतावनी दिएको हो।

सूचनामा होली सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक एकताको पर्व भएको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा पर्वका क्रममा अनावश्यक तडक–भडक, जबर्जस्ती रङ दल्ने, पानी र फोहोर छ्याप्ने, मदिरा तथा लागूऔषध सेवन गरी सार्वजनिक शान्ति भंग गर्ने गतिविधि बढ्दै गएको प्रति चिन्ता व्यक्त गरिएको छ।

प्रशासनले सार्वजनिक स्थानमा होहल्ला गर्ने, सवारी साधनमा बाधा पुर्‍याउने, इच्छा विपरीत रङ तथा पानी प्रयोग गर्ने, मादक पदार्थ सेवन गरी झगडा–हिंसा गर्ने कार्य नगर्न स्पष्ट निर्देशन दिएको छ।

साथै, प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै निर्वाचन आचारसंहिता लागू रहेको स्मरण गराउँदै होली पर्वका नाममा राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न, झण्डा, स्टिकर, लुगा, टोपी, ब्याज लगायत प्रचार सामग्री प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

घरपरिवार र छिमेकमा आपसी समझदारीका साथ पर्व मनाउन आग्रह गर्दै प्रशासनले खुला सडक तथा सार्वजनिक स्थलमा भीड जम्मा गर्ने, मेला–महोत्सव आयोजना गर्ने, लागूऔषधको बिक्री–वितरण तथा सेवन गर्ने कार्य नगर्न अनुरोध गरेको छ।

कार्यालयले सूचनामा उल्लिखित निर्देशनको उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।


प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?