२२ चैत्र, चितवन । चितवन- २ बाट उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम रहेको छ ।
उनको उम्मेदवारीविरूद्ध परेका तीन दाबी विरोध रित नपुगेको भन्दै खारेज भएपछि लामिछानेको उम्मेदवारी कायम रहेको हो । लामिछानेविरूद्ध प्रतिस्पर्धी सहित युवराज सफलले दाबी विरोध गरेका थिए ।
तर, युवराज सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको छ ।
प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार