Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा सरकारले म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो । नेपाली सेनाबाट ७९ हजार ७ सय २७, शसस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्टिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी(म्यादी) बाट १ लाख ४९ हजार ९० जना परिचाल गरिएको छ । निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले अहिले सम्म मुलुकभरको शान्ति सुरक्षाको अवस्थामा कुनै शंका गर्नुपर्ने अवस्था नगरेको बताउनु भयो । उहाँले आयोगले समय समयमा सुरक्षा निकायका प्रमुखसँग देशभरको सुरक्षा अवस्थाको बारेमा जानकारी लिइरहेको उल्लेख गर्दै कुनैपनि सुरक्षा चुनौतीको रिपोटिङ्ग नभएको पनि जानकारी दिनुभयो ।

तर निर्वाचनको वातावरण बनाउन तथा सबैलाई सुरक्षित भएको अनुभुति दिन आयोगले विगतमा भन्दा केही अघि नै सेना परिचालनको निर्णय गरेको पनि उहाँले स्पष्ट पार्नुभयो । विगतका निर्वाचनमा सेना परिचालन भएपनि तेस्रो घेरामा राख्दा सुरक्षा प्रभावकारी हुन नसकेको भन्ने राजनीतिक दलहरुको पनि सुझाव आएकाले शान्ति सुरक्षाको लागि आवश्यक परे पहिलो घेरामा बस्नसक्ने गरी परिचालनको मोडालिटी तय गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

जबराले भन्नुभयो, ‘निर्वाचन आयोगले निर्वाचन गर्ने हो । सरकार र आयोगको समन्वयमा निर्वाचन फौज खटाउने हो । हामीले सुरुदेखि नै सबै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल र समन्वयमै छौँ । निर्वाचन सुरक्षा समितिको बैठकमा त्यस्तो कुनै समस्या देखिएको नपाएको उहाँहरुको ब्रिफिङ छ । केहीले निर्वाचन बहिस्कार गर्ने भनेको छ तर त्यसले असर गर्दैन । तर मौसमले केही वाधा पुर्याउन सक्छ । निर्वाचनमा विगतमा पनि सेना खटिएकै हो । तर अलिकति ढिलो मात्र खटिने गरेको थियो । यो सामान्य निर्वाचन नभएको तथा नागरिकलाई निर्वाचनमा सहभागी गराउनको लागि सेना परिचालन गर्न हामीले सिफारिस गरेका हौँ । यही निर्वाचनमा खटिने अन्य सुरक्षा निकायहरुको मनोबल समेत बढोस् भनेर हामी सिफारिस गरेका हौँ । मतपत्र ढुवानी समेत नेपाली सेनाले गरेको हो । हिमाली जिल्लामा मतपत्र ढुवानीका लागि पनि हामीले सेनाकै परिचालन गरेका छौँ, सेनाकै उपकरण समेत प्रयोग गर्दै आएका छौँ । यदि निर्वाचनको समयमा कतै विष्फोटक पदार्थ भेटिएमा सहज होस् भनेर पनि सेना परिचालन गरिएको हो ।’

निर्वाचन सुरक्षा समितिको पहिलो बैठकले नै निर्वाचनमा नेपाली सेना प्रयोग गर्ने सम्बन्धमा सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गते हुँदैछ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?