Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इतिहासदेखि वर्तमानसम्म मगर समुदायको भूमिका अविस्मरणीय : बालेन शाह


झापा–५ मा केपी ओलीलाई हराउँदै बालेन शाहको सानदार जित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले  २५ औँ राष्ट्रिय मगर दिवसको अवसरमा मगर समुदायको ऐतिहासिक योगदानको उच्च मूल्याङ्कन गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश व्यक्त गर्दै उनले मगर समुदायले आफ्नो जातीय पहिचान जोगाउँदै राष्ट्रिय एकता, सामाजिक न्याय र परिवर्तनका आन्दोलनहरूमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। मगर समुदायले इतिहासदेखि वर्तमानसम्म नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ छ।

बालेनले मगर समुदायको मौलिक संस्कृति, भाषा, परम्परा, कला, भेषभूषा र सामूहिक पहिचान नेपाली समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण र सम्मान सबैको साझा दायित्व भएको बताए।

राष्ट्रिय मगर दिवसको अवसरमा उनले सम्पूर्ण मगर समुदायमा सुख, शान्ति र समृद्धिको कामना गर्दै एकता र पहिचानको भावना अझ सुदृढ बनोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।


प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?