१ असार, इलाम । इलामको सहकारीमा काम गर्दा ठगी गरेको भन्दै प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका –६ का ४५ वर्षीय वेननिधी पोख्रेल हुन् । पोख्रेलले सन्दकपुर गाउँपालिकामा रहेको सानीमाई चिया उत्पादक सहकारी संस्थाको पूर्व सचिव र व्यवस्थापक रहँदा संस्थाको रकम हिनामिना गरेको भन्दै प्रहरीमा जाहेरी
१ असार, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४, फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक आज बिहान फेला परेको छ । स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए । फेला परेकोे उक्त सालकलाई
१ असार, लुम्बिनी । लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर पाँच
१ असार, दाङ । दाङको तुलसीपुरबाट रोल्पाको गङ्गादेव गाउँपालिकाको ओततर्फ जाँदै गरेको रा१ज ५५६ नम्बरको यात्रुबाहक जीप तुलसीपुर उपमहानगरपालिका–३ शिरखोलामा दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ । साथै सो दुर्घटनामा परेर छ जना यात्रु गम्भीर घाइते भएका छन् । मृत्यु हुने चालकमा गङ्गादेव–१ निवासी ३२ वर्षीय विष्णु पुन रहेको इलाका
१ असार, काठमाडाैँ । सर्लाही जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज बनाउन आफ्नै कर्मचारीबाट निःशुल्करूपमा उजुरी लेखिदिने भएको छ । बाहिर लेखापढी गर्ने व्यक्तिबाट सेवाग्राहीले ठाडो उजुरी लेखाउँदा ठगिएको गुनासो आएपछि कार्यालयकै कर्मचारीबाट निःशुल्करूपमा लेखिदिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनका अनुसार आफ्नै कार्यालयका कर्मचारीबाटै बिनापैसा ठाडो
१ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको पर्यटकीय तथा प्राकृतिक तातोपानीे कुण्डलाई सुन्दर बनाउन थालिएको छ ।पोखरा पर्यटन बोर्डको सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समितिले सुन्दर बनाउन लागेको हो । सिङ्गा–तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक र वरपर बगैँचा बनाएर आकर्षक बनाउन थालिएको
१ असार, काठमाडाैँ । काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन
१ असार, ताप्लेजुङ। अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ । निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन् । गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले
१ असार, काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन् । उक्त क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेका हुन् । पुरातात्विक वस्तु भेटिएपछि तत्कालै पुरातत्व विभागले डोजर लगाउने कार्य रोक्न
१ असार, झापा । झापा कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकलाई प्रहरीले पक्राउ गरेर प्रहरीले कारबाही अघि बढाएको बताइएको छ । बिहीबार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर नाकको डाँडी भाँचिदिने मेचीनगर ६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेको