Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सर्लाही जिल्ला प्रशासन कार्यालयमा कर्मचारीले नै उजुरी लेखिदिने


१ असार, काठमाडाैँ । सर्लाही जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज बनाउन आफ्नै कर्मचारीबाट निःशुल्करूपमा उजुरी लेखिदिने भएको छ । बाहिर लेखापढी गर्ने व्यक्तिबाट सेवाग्राहीले ठाडो उजुरी लेखाउँदा ठगिएको गुनासो आएपछि कार्यालयकै कर्मचारीबाट निःशुल्करूपमा लेखिदिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार आफ्नै कार्यालयका कर्मचारीबाटै बिनापैसा ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको हो । बाहिर लेखापढी गर्नेहरूसँग उजुरी लेखाउँदा पाँच सयदेखि एक हजारसम्म लिने गरेको सेवाग्राहीबाट गुनासो आएपछि कार्यालयकै कर्माचारीबाट निःशुल्क ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ घिमिरेको भनाइ थियो ।

ठाडो उजुरीसँगै समावेशी प्रमाणित, अन्य सिफारिस पनि कर्मचारीले निःशुल्क लेखिदिन थालेका छन् । सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रवाहका लागि कार्यालयले विभिन्न प्रयास गर्दै आइरहेको हो ।

कार्यालयमा शान्ति सुरक्षाको माग, लेनदेनको विवाद,साँध–सिमाना मिचिएको, गालीगलौजलगायत अन्य प्रकारका उजुरी गर्न आउने सेवाग्राहीले अब बाहिर लेखापढी व्यवसायीबाट पैसा तिरेर उजुरी लेखाइरहनु नपर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताए । सेवाग्राहीको उजुरी लेखिदिन कार्यालयको प्रशासन शाखालाई जिम्मेवारी दिइएको छ ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?