Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

प्रदेश समाचार


पोखरा पृथ्वीचोकको सडकमा पार्किङ गर्न नपाइने

७ श्रावण, पोखरा । पोखराको अति व्यस्त चोकमध्ये पर्छः पृथ्वीचोक । पोखरा प्रवेश गर्ने र ओलर्नेहरुको जमघट यहीँ हुन्छ । त्यतिमात्र होइन, बसपार्क, तरकारीको होलसेल, सस्तो बजार, सङ्घ, संस्थाका कार्यालय र व्यापारिक मलसमेत यहीँ छन् । आइतबारबाट पृथ्वीचोक सडकको दुबैतिर पार्किङ गर्न रोकिएको छ भने स्थानीय सार्वजनिक सवारीलाई पिक एन्ड ड्रपमात्र

दुर्गम किमाथाङ्कामा पहिलोपटक जिएसएम सेवा सञ्चालन

७ श्रावण, सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्कानाकामा नेपाल टेलिकमको जिएसएम सेवा सञ्चालन भएको छ । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्कानाकामा पहिलोपटक टेलिकमले जिएसएम (टुजी) सेवा विस्तार गरेको हो । सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित भएका छन् । किमाथाङ्कामा टेलिकमले शुक्रबारदेखि जिएसएम सेवा विस्तार गरेको दूरसञ्चार प्राधिकरण

लम्पी स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित

७ श्रावण, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको छ । समयमा पानी नपरेको र लम्की स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित भएको हो । कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्रीले जिल्ला हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको बताए । उनका अनुसार गत वर्ष अहिलेको

दुई सातादेखि अन्धकारमा छन् मुगुका ८७ बस्ती

७ श्रावण, मुगु । मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् । गत असार २७ गतेदेखि गमगाढ साना

सामुदायिक वनका पदाधिकारीकै संलग्नतामा वन फडानी, जंगलमै मिल राखेर काठ किनबेच

७ श्रावण, कैलाली । कैलालीको चुरे पहाडसँग जोडिएको गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पछिल्लो समय फडानी गरिएको छ । सामुदायिक वनका अध्यक्ष कैलाश विकसहितका पदाधिकारी, केही वनका कर्मचारीको मिलेमतोमा वन फडानी भएको आरोप स्थानीयवासीले लगाएका छन् । फडानीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समितिका सदस्य कर्णबहादुर विक र टेकराज

नेपाल प्रहरीका डिएसपीमाथि कुटपिट, बसपार्कमा घाइते अवस्थामा भेटिए

७ श्रावण, महोत्तरी । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माथि कुटपिट भएको छ । प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादवमाथि महोत्तरीमा कुटपिट भएको हो । कुटपिटबाट यादव घाइते भएका छन् । उनलाई शुक्रबार राती १० बजे जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा घाइते अवस्थामा फेला पारी अस्पताल लगिएको

नेपाल-भारत सिमानामा महिलाको गोली हानी हत्या

७ श्रावण, धनुषा । नेपाल-भारत सिमानामा एक महिलाको गोली हानी हत्या भएको छ । प्रहरीले दिएको जानकारी अनुसार धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित रहेको दशगजा पारी महिलाको हत्या भएको हो । हत्या हुने महिलाको पहिचान खुल्न नसकेको बताइएको छ । उनको अन्दाजी उमेर ३५ वर्ष रहेको प्रहरीले जानकारी दिएको छ

‘माइतीको पोषिलो कोसेली’ : कोसेलीमा घिउ ,अन्डा र न्यानो पछ्यौरी

७ श्रावण, गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ । गर्भवती र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको गाउँपालिकाका

खानेपानी समस्या समाधान गर्न सात दलको माग

७ ,श्रावण ,वीरगञ्ज । सात राजनीतिक दलले वीरगन्ज महानगरपालिकामा रहेको खानेपानीको समस्या समाधान गर्न सरकार समक्ष माग गरेका छन् । वीरगन्जमा सम्पन्न राजनीतिक दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा खानेपानी समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसँग माग गरिएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी),

जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ कर्पाेरेशन

७ ,श्रावण ,जुम्ला । जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५०

सम्वन्धित समाचारहरु