Trending
>>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

प्रदेश समाचार


डुबानको जोखिमका बस्तीको तटबन्ध गर्दै डुडुवा

९ असार ,नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले डुबानको उच्च जोखिममा रहेको बस्तीमा तटबन्धनको व्यवस्था गरिने नीति, कार्यक्रम अघि सारेको छ । पालिकाका अधिकांश गाउँमा डुबानसँगै कटान गरेर अत्यधिक क्षति पुर्याउने भएकाले त्यसको रोकथाम र व्यवस्थापनका लागि तटबन्धलाई उच्च प्राथमिकतामा राखेको छ । पालिकाले बाढी प्रभावितका लागि उद्धार तथा आश्रयस्थलको कार्यलाई

एक सातदेखि मोबाइल सेवा अवरुद्ध

९ असार ,फुङ्लिङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातादेखि मोबाइल सेवा अवरुद्ध भएको छ । मोबाइल सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । फक्ताङ्लुङ गाउँपालिका–६ मुरिङला टावर अबरुद्ध भएसँगै गाउँपालिकाको आधा क्षेत्र सम्र्पकविहीन भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सम्पर्कविहीन भएको छ ।

गाडी दुर्घटनामा परी कर्णाली प्रदेश मामिला समितिका सभापतिसहित नौ जना घाइते

९ असार, रूकुम । कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का घाइते भएका छन्। शनिबार रुकुमपश्चिमको चौरजहारी नगरपालिका –३ घारीपाखानेर उनि चढेको कर्णाली प्रदेश ००१ झ ००४४ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा खड्काको बायाँ खुट्टामा चोट लागेको उनका स्वकीय सचिव हुकुम बिसीले जानकारी दिए। दुर्घटनामा परेर चौरजहारी नगरपालिका–९ स्थित

पहिरोले विद्यालय भवनमा क्षति

९ असार, बैतडी । वर्षासँगै खसेको पहिराका कारण सिगास गाउँपालिका–८ स्थित लेक लुपुड माविको भवनमा क्षति पुर्याउनुका साथै उच्च जोखिममा परेको छ । आज बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षति पुगेको तथा उच्च जोखिममा रहेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए । उनले भने, “विद्यालयका

बाढीपहिरोमा बेपत्ता भएकालाई खोज्दै मोति र पिक्कु

९ असार, सङ्खुवासभा । सङ्खुवासभामा बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक सातासम्म पनि बेपत्ता भएकाहरू फेला नपरेपछि तालिम प्राप्त कुकुर माग गरी खोजी थालिएको हो । तालिम प्राप्त

ट्रायल दिन गएका नक्कली परीक्षार्थी पक्राउ

९ असार, बागलुङ। सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो । पर्वको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हबल्दार

सुत्केरीलाई पाँच हजार भत्ता

९ असार, हुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए । घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले रू

वीरगञ्ज भन्सारको कारोबारमा कमी

९ असार, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो । आव २०७९÷८० को साउनदेखि जेठसम्ममा वीरगञ्ज भन्सार कार्यालयले एक लाख ८१ हजार चार सय ६१ प्रज्ञापनपत्र प्रयोग गरेको

कालीगण्डकी नदी किनारमा पैदलमार्ग

९ असार, पाल्पा । विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ । कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सम्भ्यता र महत्वलाई जोगाउँदै

धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना

९ असार, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले धार्मिक पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा पालिकाभित्रका धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना तयार गरिने उल्लेख छ । गाउँपालिकाले भूमे स्थान पार्क, तारे पहरो, घन्टी पोखरी, शिवालय,

सम्वन्धित समाचारहरु