Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

गाडी दुर्घटनामा परी कर्णाली प्रदेश मामिला समितिका सभापतिसहित नौ जना घाइते


९ असार, रूकुम । कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का घाइते भएका छन्। शनिबार रुकुमपश्चिमको चौरजहारी नगरपालिका –३ घारीपाखानेर उनि चढेको कर्णाली प्रदेश ००१ झ ००४४ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा खड्काको बायाँ खुट्टामा चोट लागेको उनका स्वकीय सचिव हुकुम बिसीले जानकारी दिए। दुर्घटनामा परेर चौरजहारी नगरपालिका–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, खड्काका स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरीसहित गाडीमा सवार नौ जना घाइते भएका छन्। प्रधानाध्यापक मल्लको हात भाँचिएको छ भने अरू सबैको अवस्था सामान्य रहेको छ।

आइतबार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँ सभामा सहभागी हुन त्यसतर्फ जाने क्रममा गाडी दुर्घटना भएको हो। गाडीको स्टेरिङ अकस्मात् घुमेपछि गाडी अनियन्त्रित भएर पल्टिएको चालक गिरीको प्रतिक्रिया छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट पुगेको प्रहरी टोलीले घाइतेलाई उपचारको लागि चौरजहारी अस्पतालतर्फ पठाएको छ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?