Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पहिरोले विद्यालय भवनमा क्षति


९ असार, बैतडी । वर्षासँगै खसेको पहिराका कारण सिगास गाउँपालिका–८ स्थित लेक लुपुड माविको भवनमा क्षति पुर्याउनुका साथै उच्च जोखिममा परेको छ ।

आज बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षति पुगेको तथा उच्च जोखिममा रहेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए ।

उनले भने, “विद्यालयका दुईवटा भवनका नौ कोठा रहेका र तीमध्ये पहिराले दुवै भवनका गरेर चार कोठामा क्षति गरेको छ, बाँकी रहेका भवन र विद्यार्थीको खाजा खाने चमेनागृह पनि जोखिममा छ ।”

चार कोठे नयाँ भवन सङ्घीय अनुदानमा रु ७२ लाखमा निर्माण भएको र उक्त भवन हस्तान्तरण नहुँदै पहिराले भत्किने सम्भावना रहेको उनको भनाइ छ । नयाँ भवन निर्माण कार्य सम्पन्न भएर पेन्टिङको काम भइरहेको छ भने गत वर्ष निर्माण भएको भवनमा पठनपाठन हुने गरेको थियो ।

गत वर्ष बनेको भवनको तलतिर र नयाँ भवनको माथिबाट पहिरो खसेपछि विद्यालय भवन उच्च जोखिममा परेका प्रधानाध्यापक धामीले बताउनुभयो । “दुवै भवनको बीचबाट पहिरो खसेको छ, तल्लो भवनको दुई कोठाको पछाडिको भित्ता भत्केर पहिरो भित्र पसेको छ, माथिल्लो भवन गत वर्ष मात्रै रु ७५ लाखमा सम्पन्न भएको थियो, त्यो भवनको मुनिबाट पहिरो खस्दा भवन उच्च जोखिममा छ, तल्लो चारकोठे भवन त हस्तान्तरण नहुँदै भत्किन थालेको छ”, उनले भने ।

पहिराले विद्यालयमा लाखौँ क्षति पुर्याउने सम्भावना बढ्नुका साथै वर्षात्को सुरुमै पहिरो खसेकाले वर्षा बढेमा भवन नै असुरक्षित हुनुपरेको विद्यालयले जनाएको छ । पहिराका कारण कक्षा सञ्चालनमै समस्या आउने प्राधानाध्यापक धामीले बताए । कक्षा १२ सम्मको पढाइ हुने यो विद्यालयमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?