Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

पहिरोले विद्यालय भवनमा क्षति


९ असार, बैतडी । वर्षासँगै खसेको पहिराका कारण सिगास गाउँपालिका–८ स्थित लेक लुपुड माविको भवनमा क्षति पुर्याउनुका साथै उच्च जोखिममा परेको छ ।

आज बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षति पुगेको तथा उच्च जोखिममा रहेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए ।

उनले भने, “विद्यालयका दुईवटा भवनका नौ कोठा रहेका र तीमध्ये पहिराले दुवै भवनका गरेर चार कोठामा क्षति गरेको छ, बाँकी रहेका भवन र विद्यार्थीको खाजा खाने चमेनागृह पनि जोखिममा छ ।”

चार कोठे नयाँ भवन सङ्घीय अनुदानमा रु ७२ लाखमा निर्माण भएको र उक्त भवन हस्तान्तरण नहुँदै पहिराले भत्किने सम्भावना रहेको उनको भनाइ छ । नयाँ भवन निर्माण कार्य सम्पन्न भएर पेन्टिङको काम भइरहेको छ भने गत वर्ष निर्माण भएको भवनमा पठनपाठन हुने गरेको थियो ।

गत वर्ष बनेको भवनको तलतिर र नयाँ भवनको माथिबाट पहिरो खसेपछि विद्यालय भवन उच्च जोखिममा परेका प्रधानाध्यापक धामीले बताउनुभयो । “दुवै भवनको बीचबाट पहिरो खसेको छ, तल्लो भवनको दुई कोठाको पछाडिको भित्ता भत्केर पहिरो भित्र पसेको छ, माथिल्लो भवन गत वर्ष मात्रै रु ७५ लाखमा सम्पन्न भएको थियो, त्यो भवनको मुनिबाट पहिरो खस्दा भवन उच्च जोखिममा छ, तल्लो चारकोठे भवन त हस्तान्तरण नहुँदै भत्किन थालेको छ”, उनले भने ।

पहिराले विद्यालयमा लाखौँ क्षति पुर्याउने सम्भावना बढ्नुका साथै वर्षात्को सुरुमै पहिरो खसेकाले वर्षा बढेमा भवन नै असुरक्षित हुनुपरेको विद्यालयले जनाएको छ । पहिराका कारण कक्षा सञ्चालनमै समस्या आउने प्राधानाध्यापक धामीले बताए । कक्षा १२ सम्मको पढाइ हुने यो विद्यालयमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?