काठमाडौं । सेयर बजारमा एकल अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ९.२४ अंकले वृद्धि हुँदा १९६७.९४ को विन्दुमा बन्द भएको हो । मंगलबार १७.५६ अंकले गिरावट भएर १९५८.७२ को विन्दुमा बन्द भएको नेप्से बुधबार ०.४७ प्रतिशतले वृद्धि भएको हो । बुधबार बजारलाई लिड
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भर्नाका लागि प्रवेश परीक्षा स्थगित भएको छ । डीन कार्यालयका शाखा अधिकृत निरजकुमार वैद्यले अर्को सूचना नआएसम्म परीक्षा स्थगित भएको सूचना सार्वजनिक गरेका छन् । शाखा अधिकृत वैद्यले सूचनामा प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुले संयुक्त राजीनामा दिएको कारण इन्जिनियरिङ अध्ययन संस्थान डीन कार्यालयको १६ गतेको निर्णय
लेखनाथ,पोखरा । पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनास तालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान मलरानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ मृतावस्थामा फेला परेको बताएका छन् । उनका अनुसार श्रेष्ठको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानका प्रवेश परीक्षा बोर्डका अध्यक्ष, सदस्य तथा सल्लाहकारहरुले संयुक्त राजीनामा बुझाएका छन् । बोर्डको राजीनामासँगै २२ गते असोजदेखि तोकिएको प्रवेश परीक्षा नहुने पक्का भएको छ । बोर्डका पदाधिकारीले मंगलबार डिन कार्यालयले पठाएको पत्र अनुसार असोज १७, १८ र १९ गते फारम लिएर २२ गते परीक्षा सञ्चालन
काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । १८ साउन बिहीबार विकास ऋणपत्र बोलकबोल मार्फत ८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८८ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल १८ असोजमा र निष्कासन १९ असोजमा हुनेछ
काठमाडौं । अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीमाथि हातपात गर्दा हुने दण्ड तथा सजायसम्बन्धी व्यवस्थाको बडापत्र राख्न थालिएको छ । स्वास्थ्यकर्मीमाथि हातपातको घटना बढेपछि सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धी कानुनी व्यवस्थासहितको जानकारी स्वास्थ्य संस्थाहरुमा सबैले देख्ने गरी राख्ने निर्णय गरेको थियो । सोही अनुसार दाङस्थित राप्ती स्वास्थ्य
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गंगादेवको घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङको खानेपानी निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कम्तीमा छ फिट उचाई र चार फिड चौडा स्थायी सूचना पाटी राख्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता
काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं तथा साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा भारतकी प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा तीन सदस्य समुहद्वारा ‘कथक नृत्य वाचन कार्यक्रम काठमाडौंमा गरिएको छ । विगत ३५ वर्षदेखि शास्त्रीय नृत्यको कथक विधामा सक्रिय भएकी नृत्य
काठमाडौं । तीन महिने अभियानका क्रममा अछामको साँफेबगर पुगेका माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ्य भएका छन् । उनलाई केहीबेरमा काठमाडौं ल्याउने तयारी छ ।आचार्यसँगै रहेका माओवादी नेता खगराज अधिकारीका अनुसार बुधबार बिहान एक्कासी बोली बन्द भएको थियो । शरीरको दाहिने भाग चलाउन गाह्रो भएपछि बयलपाटा अस्पताल लगेको र ‘सिटी