Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नेप्से ९.२४ अंकले बढ्यो, कारोबार रकम भने बढ्न सकेन


काठमाडौं । सेयर बजारमा एकल अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ९.२४ अंकले वृद्धि हुँदा १९६७.९४ को विन्दुमा बन्द भएको हो । मंगलबार १७.५६ अंकले गिरावट भएर १९५८.७२ को विन्दुमा बन्द भएको नेप्से बुधबार ०.४७ प्रतिशतले वृद्धि भएको हो । बुधबार बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा भने ०.०७ प्रतिशतको समान्य गिरावट भएको छ । अन्य सबै उपसूचकमा वृद्धि हुादा नेप्से पनि बढेको हो । होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशत र हाइड्रोपावर उपसूचक १.३७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक पनि १.०४ प्रतिशतले बढेको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन । मंगलबार नेप्सेमा गिरावटका बाबजुत पनि १ अर्ब १९ करोड ९१ लाखको कारोबार भएको थियो । बुधबार कारोबार रकम थप घटेर १ अर्ब १८ करोड ९९ लाखको कारोबार भएको छ । ५८ हजार ७४१ वटा कारोबारमा ४३ लाख २३ हजार २१ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ । बुधबार सिटिजन्स लाइफको सर्वाधिक ६ करोड ९४ लाखको कारोबार हुँदा रियालयबल लाइफ इन्स्योरेन्सको ४ करोड ३१ लाख र शिवम् सिमेन्टको ३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २३२ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १७४ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ५२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । ६ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बुधबार कारोबार भएकामध्ये मध्ये भोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतले र बुद्धभुमी हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै इन्फीनीटी लघुवित्तको सेयरमूल्य पनि ९.८५ प्रतिशतले बढेको हो । समता घरेलु लघुवित्तको सेयरमूल्य ६.६१ प्रतिशतले गिरावट हुँदा हिमालयन लघुवित्तको सेयरमूल्य ४.५६ प्रतिशतले घटेर बन्द भएको छ ।


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?