Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नेप्से ९.२४ अंकले बढ्यो, कारोबार रकम भने बढ्न सकेन


काठमाडौं । सेयर बजारमा एकल अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ९.२४ अंकले वृद्धि हुँदा १९६७.९४ को विन्दुमा बन्द भएको हो । मंगलबार १७.५६ अंकले गिरावट भएर १९५८.७२ को विन्दुमा बन्द भएको नेप्से बुधबार ०.४७ प्रतिशतले वृद्धि भएको हो । बुधबार बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा भने ०.०७ प्रतिशतको समान्य गिरावट भएको छ । अन्य सबै उपसूचकमा वृद्धि हुादा नेप्से पनि बढेको हो । होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशत र हाइड्रोपावर उपसूचक १.३७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक पनि १.०४ प्रतिशतले बढेको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन । मंगलबार नेप्सेमा गिरावटका बाबजुत पनि १ अर्ब १९ करोड ९१ लाखको कारोबार भएको थियो । बुधबार कारोबार रकम थप घटेर १ अर्ब १८ करोड ९९ लाखको कारोबार भएको छ । ५८ हजार ७४१ वटा कारोबारमा ४३ लाख २३ हजार २१ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ । बुधबार सिटिजन्स लाइफको सर्वाधिक ६ करोड ९४ लाखको कारोबार हुँदा रियालयबल लाइफ इन्स्योरेन्सको ४ करोड ३१ लाख र शिवम् सिमेन्टको ३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २३२ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १७४ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ५२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । ६ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बुधबार कारोबार भएकामध्ये मध्ये भोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतले र बुद्धभुमी हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै इन्फीनीटी लघुवित्तको सेयरमूल्य पनि ९.८५ प्रतिशतले बढेको हो । समता घरेलु लघुवित्तको सेयरमूल्य ६.६१ प्रतिशतले गिरावट हुँदा हिमालयन लघुवित्तको सेयरमूल्य ४.५६ प्रतिशतले घटेर बन्द भएको छ ।


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?