Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

साँफेबगर पुगेका माओवादी सचिव आचार्य अस्वस्थ्य


काठमाडौं । तीन महिने अभियानका क्रममा अछामको साँफेबगर पुगेका माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ्य भएका छन् । उनलाई केहीबेरमा काठमाडौं ल्याउने तयारी छ ।आचार्यसँगै रहेका माओवादी नेता खगराज अधिकारीका अनुसार बुधबार बिहान एक्कासी बोली बन्द भएको थियो । शरीरको दाहिने भाग चलाउन गाह्रो भएपछि बयलपाटा अस्पताल लगेको र ‘सिटी स्क्यान नभएका कारण पुन: हेलिकप्टरबाट नेपालगञ्ज ल्याएको भट्टले बताए । उनलाई सीधै काठमाडौं ल्याउन चाहेको तर मौसमले साथ नदिएपछि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा सिटी स्क्यान, एक्सरेलगायतका परीक्षण गरिएको छ । टाउकोमा पुरानो चोट देखिएको छ । साथै पहिलो पटक माइनर हर्ट अट्याक भएको देखिएकाले काठमाडौं ल्याउन लागिएको छ ।


प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?