Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

प्रदेश समाचार


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

२६ ,असार ,गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो

प्रहरी सेवालाई थप चुस्त र दुरुस्त बनाउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

२५,असार ,सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीलाई सुविधासम्पन्न एवं प्रविधियुक्त बनाई प्रहरी सेवालाई थप चुस्त एवं दुरुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित प्रदेश प्रहरी कार्यालयको मुख्य भवनसहितका संरचनाको आज उद्घाटन गर्दै उनले प्रहरीको क्षमता विकास गर्ने लगायतका काममा

सवारी चोरी गर्ने ३६ कारबाहीमा, चोरिएका पाँच सय गाडी धनीलाई फिर्ता

२५,असार ,काठमाडौँ । प्रहरीले चालु आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएको पाँच सय सवारी साधान फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ । यसरी सवारी साधान चोरीमा संलगन रहेको ३६ जनालाई कारबाही गरेको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आज मात्रै विभिन्न क्षेत्रबाट २१ वटा दुई पाङ्ग्रे सवारी

नागरिकता बनाइदिने भन्दै प्रतिव्यक्ति १ लाख उठाउँदै भारतीय नागरिक, एक जना पक्राउ

२५ असार, झापा । झापाको दमकमा भारतीय नागरिकहरुलाई नागरिकता निकालिदिन्छु भनेर रकम उठाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । यस्तो गिरोह तथा व्यक्तिहरुलाई प्रहरीले निगरानी बढाएको हो । भारत घर भएका २७ वर्षीय मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेर ठगी मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मीले जानकारी

कोशीमा मुख्यमन्त्री नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

२५ असार, काठमाडाैँ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो । यसअघि आइतबार पनि हेर्न नभ्याइनेमा परेको थियो । कोशी प्रेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका निवर्तमान

बैतडी दुर्घटना अपडेट : एक जनाको मृत्यु

२५ असार, बैतडी । बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।  भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु

४० यात्रु बोकेको बस भीरबाट खस्यो

२५ असार, बैतडी । बैतडीको पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटनामा परेको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली-पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा परेको हो । सोमबार दिउँसो लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले

हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा

२५ असार, मकवानपुर । मकवानपुर, चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी

गण्डकी प्रदेशसभा : विषयगत समितिको बाटो खुल्यो

२५ असार, पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि  विषयगत समिति गठनको बाटो खुलेको छ । प्रदेशसभा बैठकबाट प्रदेशसभा नियमावली पारित भएसँगै विषयगत समिति गठनको तयारी अगाडि बढेको हो । ‘मिनी संसद्’ मानिने विषयगत समिति गठनमा ढिलाइ हुँदा सरकारले ल्याउने विधेयकमाथि दोहोरो बहस र छलफल बिना नै प्रदेशसभा

काठमाडाैँमा करीब १० हजार सडक दुर्घटना, १ सय ७८ जनाको मृत्यु

२५ असार, काठमाडाैँ। काठमाडौं उपत्यकामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ९ हजार ६ सय ८३ सवारी साधन दुर्घटना हुँदा १ सय ७८ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवको साउनदेखि जेठ मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ९ हजार ६ सय ८३ सवारी दुर्घटना हुँदा १

सम्वन्धित समाचारहरु