Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

प्रदेश समाचार


कर्णालीमा चार मन्त्रीले लिए सपथ

७ वैशाख, कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनिहरूलाई शपथ खुवाउनु भएको हो । कांग्रेस केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए । बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचियो, २ जनाको मृत्यु

७ वैशाख, रूकुम । जाजरकोट र रूकुम जोड्ने बेलिब्रिज भाँचिएको छ । निर्माणाधीन उक्त पुल भाचिँदा २ जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको बताइएको । २ जना घाइते भएको पनि जानकारी दिइएको छ । मृतकको परिचय

बैतडी आइपुगे पाठ्यपुस्तक, वितरण सुरु

७ वैशाख, बैतडी । बैतडीका सबै विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक यहाँ आइपुगेका छन् । जिल्लामा आवश्यक ६८ हजार पाठ्यपुस्तक यहाँ आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । बैतडीमा पाँच सय ६२ विद्यालयमा कक्षा १ देखि १० सम्म आवश्यक सबै ६८ हजार पाठ्यपुस्तक आइपुगेको शर्माले

५ किलो सुनका गरगहनासहित दुई जना पक्राउ

७ वैशाख, बाँके । नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट,

म्याग्दीको एक घरमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

७ वैशाख, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ घतानको एक घरमा दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ। बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरमा पिँढीमा अचानक कोब्रा देखापरेको हो। कोब्रा हेर्नेको भीड लागेको बेनी-९ घतानका चक्रबहादुर केसीले बताए। नौ वर्षदेखि पक्षी तथा जंगली प्राणीको खोजअनुसन्धानमा लागेका त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर

पूर्व वडाध्यक्ष ठाकुर पक्राउ

७ वैशाख, महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु

७ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लाल बन्दी नगरपालिका -६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको

नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ

७ वैशाख, गोरखा। नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दराैँदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पक्राउपर्नेमा धादिङ

घट्दै चैते धानको खेती

७ वैशाख, तनहुँ । तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ। १० वर्षअघि जिल्लामा ६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले १ हजार ८०० क्षेत्रफलमा खेती गरेको पाइन्छ। चैते धान खेती बर्सेनि घट्दै गएको बताउँछन् कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी।

खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह

७ वैशाख, काभ्रे । खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ । आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जङ्गलमा

सम्वन्धित समाचारहरु