Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बैतडी आइपुगे पाठ्यपुस्तक, वितरण सुरु


७ वैशाख, बैतडी । बैतडीका सबै विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक यहाँ आइपुगेका छन् । जिल्लामा आवश्यक ६८ हजार पाठ्यपुस्तक यहाँ आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।

बैतडीमा पाँच सय ६२ विद्यालयमा कक्षा १ देखि १० सम्म आवश्यक सबै ६८ हजार पाठ्यपुस्तक आइपुगेको शर्माले बताए । उनले भने, “जिल्ला पुगेका पाठ्यपुस्तक ढुवानी जारी छ, विद्यार्थीलाई वितरण पनि सुरु भइसकेको छ ।”

जिल्लामा हाल भर्ना अभियान सञ्चालन छ । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए । उनले भने, “भर्ना अभियान सँगसँगै पाठ्यपुस्तक वितरण सुरु गरिएको छ ।”

नयाँ विद्यार्थी भर्नाका लागि घरदैलो अभियान जारी रहेको र भर्ना अभियानपछि एक समारोहबीच पाठ्यपुस्तक वितरण गरिने दशरथचन्द मावि सुन्दरखालीका प्रधानाध्यापक तेजप्रकाश भट्टले बताए ।

उनले भने, “विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छौँ, घरदैलो अभियानपश्चात् विद्यालयमा एक कार्यक्रमकाबीच पाठ्यपुस्तक वितरण गर्छौं ।” गत वर्ष समयमै पाठ्यपुस्तक नपुगे पनि यो वर्ष भने समयमै पुगेका छन् ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?