१८ जेठ, दोलखा । निजी क्षेत्रले निर्माण गरेको दोलखाको लामाबगर सुरुङ मार्गमा सवारीसाधन चल्न थालेका छन्। यो सुरुङ हुँदै मालवाहक सवारीसाधन चल्न थालेका हुन्। बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भिरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि निजी क्षेत्रले निर्माण गरेको सुरुङ मार्गबाट ट्याक्टर र
१८ जेठ, विराटनगर । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आज आफ्नो पदबाट राजीनामा दिएकी छन् । साथै उनले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) प्रदेश समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्री कार्यालयमा राजीनामा एवं सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको जानकारी गराइन्
१९ जेठ, चितवन । चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्याएको छ । जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुनलाग्दा सो क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको हो । आर्थिक वर्ष २०७७÷७८ मा स्थापना भएको
१८ जेठ, रसुवा । विगतको त्रुटि सुधार गर्दै आगामी दिनमा हुने सबै तहका निर्वाचनलाई थप व्यवस्थित पार्न रसुवामा सुझाव सङ्कलन गरिएको छ । रसुवाको भौगोलिक विकटताले केही स्थानमा मतदान केन्द्र टाढा हुँदा उनीहरुले भोग्नुपरेका समस्या, ज्येष्ठ नागरिकलाई परेको असुविधा, मतदाता नामावलीमा नयाँ नाम दर्ता, दोहोरोपना तथा मृत्यु भएकाको नाम हटाउनेजस्ता
१८ जेठ, बागलुङ । बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन । विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो ।
१८ जेष्ठ ,काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । विपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पताल मेथिनकोट अस्पताल अभावकै बीच पनि सेवा प्रवाह गरिरहेको छ ।
१८ जेष्ठ ,बलेवा । सत्र वर्षअघि बागलुङ बजारमा दाँतको उपचार गर्ने निजी क्लिनिक सञ्चालनमा आउँदा धेरैलाई क्लिनिक कहाँ दर्ता हुन्छ भन्ने थाहा थिएन । बागलुङका अशोककुमार श्रेष्ठले ‘अशोक डेन्टल केयर सेन्टर’ स्थापना गरे । प्रक्रिया पूरा गर्न उहाँ दर्ताका लागि कयौँ ठाउँ धाए । कसैले घरेलुमा दर्ता गर्न सुझाए त
१८ जेष्ठ ,महेन्द्रनगर । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमका महत्वपूर्ण आयोजना तथा कार्यक्रम समेटिएका छन् । कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने सरकारले बजेटमार्फत उक्त विषयलाई सम्बोधन गरेको छ । एकीकृत जाँचचौकी, सुक्खा बन्दरगाह, कन्टेर यार्ड निर्माण, प्रयोगशाला स्तरोन्नतिलगायत व्यापार पूर्वाधार निर्माण
१८ जेष्ठ ,झापा । झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् । कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका
१८ जेष्ठ ,खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ । विसं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो ।