३० जेष्ठ ,दोधारा चाँदनी। तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ । “बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुने गर्छ”, दोधारा चाँदनी
३० जेष्ठ ,बागमती । मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेकोे छ । सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका– ४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ । कार्यविधिअनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरी नगरप्रमुखले सिफारिस गरेका व्यक्तिको अध्यक्षतामा
३० जेष्ठ ,रामपुर (पाल्पा) । नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो । सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय
३० जेष्ठ ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम सुरु गर्ने विषयमा अन्योलता बढ्दै गएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको योजना सुरु गर्ने विषयमा नै अहिले
२९ जेष्ठ ,काठमाडौँ । नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बन्ने भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क बनाउन लागेको हो । अघिल्लो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा महिला उद्यमी
२९ जेष्ठ ,मकवानपुर ।बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते अपराह्न २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । उनका अनुसार, यही जेठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श
२९ जेष्ठ ,नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
२९ जेठ, सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक बहिस्कार गरेको छ । एमालेले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो । साथै, एमालेले विश्वविद्यालय सञ्चालनको मागसहित
२९ जेठ, रुपन्देही। तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । असार १ गतेदेखि तीन महिनाका लागि निकासी बन्द हुने भएपछि नदीमा मनपरी तरिकाले
२९ जेठ, प्युठान । प्युठानमा जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना भएको हो । जीपमा जम्मा ८ जना सवार रहेको र सबै जनाको घटनास्थलमा नै मृत्यु