Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एमालेले गर्यो प्रदेश सभा बैठक बहिस्कार


२९ जेठ, सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक बहिस्कार गरेको छ । एमालेले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो ।

साथै, एमालेले विश्वविद्यालय सञ्चालनको मागसहित विगत केही दिनदेखि भइरहेको आन्दोलनप्रति समेत सरकारको धारणा माग गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बैठक बहिस्कार गरेपछि प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ ।

यसअघि, हिजो प्रतिपक्षी दल राप्रपाका प्रदेश सभा सदस्य खेमादेवी विष्टले पनि प्रदेश सभा बैठक बहिस्कार गरेका थिइन् । संघीय सरकारले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेर आगामी आर्थिक वर्षको बजेट भाषणमा एक सय शैयाको अस्पतालसहित प्रतिष्ठान सञ्चालन गर्ने बताएपछि एमाले विरोधमा उत्रेको जनाएको छ ।

पूर्व निर्णयअनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनु पर्ने मागसहित यहाँ विभिन्न पक्षबाट आन्दोलन भइरहेको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?