Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

एमालेले गर्यो प्रदेश सभा बैठक बहिस्कार


२९ जेठ, सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक बहिस्कार गरेको छ । एमालेले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो ।

साथै, एमालेले विश्वविद्यालय सञ्चालनको मागसहित विगत केही दिनदेखि भइरहेको आन्दोलनप्रति समेत सरकारको धारणा माग गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बैठक बहिस्कार गरेपछि प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ ।

यसअघि, हिजो प्रतिपक्षी दल राप्रपाका प्रदेश सभा सदस्य खेमादेवी विष्टले पनि प्रदेश सभा बैठक बहिस्कार गरेका थिइन् । संघीय सरकारले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेर आगामी आर्थिक वर्षको बजेट भाषणमा एक सय शैयाको अस्पतालसहित प्रतिष्ठान सञ्चालन गर्ने बताएपछि एमाले विरोधमा उत्रेको जनाएको छ ।

पूर्व निर्णयअनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनु पर्ने मागसहित यहाँ विभिन्न पक्षबाट आन्दोलन भइरहेको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?