३० जेठ, लुम्बिनी । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो लुम्बिनी प्रदेश सरकारले गत वैशाख ८ गते लुम्बिनी
३० जेठ, बागलुङ । केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भिडभाड छ। कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारीपीडितका गुनासो सुन्नमै व्यस्त छन्। पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने उनीहरूको दैनिकी बनेको छ। बागलुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था
३० जेठ, काठमाडौँ । जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौँभित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै
३० जेठ, तनहुँ । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताउनुभयो । घटनास्थलमा प्रनाउ खाँणको
३० जेठ, बारा । बाराको सिम्रौनगढ नगरपालिका –१ वीरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ । बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रङ्गको भारतीय स्कारपिओ गाडीले भन्सार महसुल नतिरी चलाएका कारण सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक एवम्
३० जेठ, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । मलेसियाबाट ९० यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज
३० जेठ, तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले
३० जेठ, जुम्ला । जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् । आज बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी
३० जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ । सरकारले भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो,
३० जेठ, धनुषा । धनुषा प्रहरीको पर्खाल फोरेर फरार भएका ६ मध्ये एक थुनुवालाई घट्नाको करिब ४ महिनापछि महोत्तरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनुषाको क्षिरेश्वर नपा २ रम दैयाका २५ वर्षीय थुनुवा रोशन यादवलाई नियन्त्रणमा लिएको हो । प्रहरीले फरार यादवलाई औरही नपा १ स्थित उहाँको दिदीको घरमा लुकीछिपी