Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पर्खाल प्वाल पारेर भागेका थुनुवा प्रहरी नियन्त्रणमा


३० जेठ, धनुषा । धनुषा प्रहरीको पर्खाल फोरेर फरार भएका ६ मध्ये एक थुनुवालाई घट्नाको करिब ४ महिनापछि महोत्तरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनुषाको क्षिरेश्वर नपा २ रम दैयाका २५ वर्षीय थुनुवा रोशन यादवलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले फरार यादवलाई औरही नपा १ स्थित उहाँको दिदीको घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा सोमवार नियन्त्रणमा लिएको जनाएको छ ।

जनकपुरस्थित मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार गत माघ १६ गते बिहान साढे ३ बजेतिर धनुषा स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको पर्खाल फोरेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । फरार मध्ये ५ जनालाई प्रहरीले पटक पटक गरी पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?