Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पर्खाल प्वाल पारेर भागेका थुनुवा प्रहरी नियन्त्रणमा


३० जेठ, धनुषा । धनुषा प्रहरीको पर्खाल फोरेर फरार भएका ६ मध्ये एक थुनुवालाई घट्नाको करिब ४ महिनापछि महोत्तरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनुषाको क्षिरेश्वर नपा २ रम दैयाका २५ वर्षीय थुनुवा रोशन यादवलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले फरार यादवलाई औरही नपा १ स्थित उहाँको दिदीको घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा सोमवार नियन्त्रणमा लिएको जनाएको छ ।

जनकपुरस्थित मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार गत माघ १६ गते बिहान साढे ३ बजेतिर धनुषा स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको पर्खाल फोरेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । फरार मध्ये ५ जनालाई प्रहरीले पटक पटक गरी पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?