दमौली। तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रूपमा उक्त केन्द्र शुभारम्भ गरेका छन् । उक्त गाउँपालिकाको बजार क्षेत्रमा सङ्कलन हुने कुहिने र नकुहिने दुवै प्रकारका फोहरहरू उक्त सङ्कलन तथा व्यवस्थापन केन्द्रमा जम्मा गरिने जनाइएको छ । त्यस्तै,
कैलाली। कर्णाली नदीका कारण कैलालीको टीकापुर नगरपालिकाका उच्च जोखिममा परेको छ । टीकापुर-७ मा पर्ने सत्ती कर्णाली सामुदायिक वनमा नदी तटबन्ध छोडेर करिब २० मिटर कटान गरेपछि टीकापुर-७, ८ र ९ का सबै स्थानीय प्रभावित हुने देखिएको छ । कर्णाली नदीका कारण अहिले १५ हजारभन्दा बढी जनसङ्ख्या विस्थापित हुने स्थितिमा
अछाम । तत्कालीन द्वन्द्वका समयमा क्षतिग्रस्त अछामको मङ्गलसेन दरबार हालसम्म पुनः निर्माण हुन सकेको छैन । अलपत्र अवस्थामा रहेको अछाम दरबारको निर्माण छिटो सम्पन्न गर्न माग गर्दै अछामका सरोकारवालाको टोलीले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत ज्ञापनपत्र बुझाउँदै टोलीले वर्षौंदेखि अलपत्र दरबार निर्माणको काम चाँडै पूरा
बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिका-१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ । रु १५ लाख ६० हजार नौ सय ६६ को लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए। यसका लागि दाताहरुबाट रु २१ लाख ५२
मोरङ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । उक्त प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो । त्यस्तै, नव स्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले शुभारम्भ गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न
गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ स्थित पन्द्रुङ माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम सहिद दिलबहादुर रम्तेलको गाउँ हो । गाउँपालिकाको केन्द्र ताकुकोट नजिकै पर्ने पन्द्रुङमा मनमोहक देखिने जराङ डाँडा छ । करिब ८ दशमलव ६ रोपनी क्षेत्रफलमा फैलिएको त्यहीँ डाँडा अहिले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्झनामा सहिद स्मृति पार्कका
दमौली,तनहुँ। मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका–६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा आमा समूहले झामरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् । अहिलेका पुस्ताले झामरे नाच बिर्संदै गएकाले लोप हुने खतरा बढेपछि यसको संरक्षणको पहल गरिएको युवा
काठमाडौं। सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न आयोग गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको हो । त्यस्तै, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक
मुग्लिन,चितवन। चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो । उक्त गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो भने सो महोत्सव तीन दिनसम्म चल्ने छ । स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको
काठमाडाै । चौतर्फी आलोचना पछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विज्ञप्ति सच्याएका छन् । गुरुङ समुदायले ‘तमु ल्होसार’ काे शुभकामना विज्ञप्तिमा कोशी प्रदेश नै लेख्न छुटेपछि चौतर्फी आलोचना भएकाे थियाे । आज पुस १५ गते गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् ।पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न