Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

गोरखाको धाम्पेसाल सहिद पार्कलाई युद्ध सङ्ग्रहालय बनाइने


गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ स्थित पन्द्रुङ माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम सहिद दिलबहादुर रम्तेलको गाउँ हो । गाउँपालिकाको केन्द्र ताकुकोट नजिकै पर्ने पन्द्रुङमा मनमोहक देखिने जराङ डाँडा छ । करिब ८ दशमलव ६ रोपनी क्षेत्रफलमा फैलिएको त्यहीँ डाँडा अहिले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्झनामा सहिद स्मृति पार्कका रुपमा विकास भएको छ ।

त्यस्तै, ध्याम्पेसाल ताकुकोट सडकखण्डको छेवैमा पर्ने सहिद स्मृति पार्कलाई अब सहिद स्मृति पार्कमात्र नभएर युद्ध सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । उक्त पार्क निर्माण सम्पन्न नहुँदै सयाँैको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक ‘दिलबहादुर रम्तेल स्मृति पार्क’को अवलोकन गर्नका लागि त्यहाँ पुग्ने गरेको उनको भनाइ रहेको छ ।

पार्कमा जनयुद्धकालीन समयमा तत्कालीन माओवादी जनमुक्ति सेनाले प्रयोग गरेका हातहतियार, सञ्चार सामग्री तथा ऐतिहासिक दस्तावेजसमेत प्रदर्शनीका लागि राख्न लागिएको उनले बताए। “लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि जनयुद्धमा भएका बलिदानीलाई अध्ययन गर्न पाउने सङ्ग्रहालयका रुपमा स्मृति पार्कलाई युद्ध सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “अब छिट्टै बाँकी रहेका काम सम्पन्न गरिनेछ ।”

त्यसैगरी, नयाँ पुस्तालाई युद्धसम्बन्धी इतिहासको चित्रण गराउन, जनयुद्धको सुरुआत, युद्ध र शान्ति सम्झौताको चित्रण गराउनसमेत युद्ध सङ्ग्रहालयले भूमिका खेल्ने अध्यक्ष भट्टको भनाइ छ भने युद्ध सङ्ग्रहालयमा जनयुद्धकालीन इतिहास अध्ययन गर्न भिडिओ कक्षलगायत ई–लाइब्रेरीसमेत राखिने छ भने तत्कालीन जनमुक्ति सेनाले प्रयोग गरेका पोषाक, तत्कालीन समयमा संवाद गरिएका पत्र पनि रहनेछन् ।

“सहिद स्मृति पार्कमा घुम्न, हेर्न र अध्ययन गर्नका लागि जिल्लाभित्र र बाहिरबाट समेत पर्यटक यहाँ आउने गरेका छन्”, उनले भने, “यसले जनयुद्धको इतिहासलाई जीवन्न बनाइराख्न मात्र नभएर बारपाक सुलिकोट गाउँपालिकाभित्र पर्यटक भित्र्याउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ ।” पार्कभित्र टिकट काउन्टर निर्माण गरिएको छ भने बनभोजका लागि स्थान बनाइएको छ ।

सो पार्कमा प्रथम सहिद दिलबहादुर रम्तेलको सालिक निर्माण गरिएको गाउँपालिकाका इञ्जिनियर अभिनव गौतमले जानकारी दिएका छन् । पार्कलाई युद्ध सङ्ग्रहालयका रुपमा विकास गर्दै थप व्यवस्थापन गर्नका लागि गाउँपालिकाले गण्डकी प्रदेश सङ्ग्रहालयका प्रतिनिधिलगायतका सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?