Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल


दमौली,तनहुँ। मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका–६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा आमा समूहले झामरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् ।

अहिलेका पुस्ताले झामरे नाच बिर्संदै गएकाले लोप हुने खतरा बढेपछि यसको संरक्षणको पहल गरिएको युवा क्लबका संयोजक दानबहादुर आलेले बताए। उनले भने, “अहिलेका पुस्तालाई पुरानो संस्कृतिप्रति कम चासो हुन्छ । त्यसले गर्दा हाम्रो यो नाच नै लोप हुने हो कि भन्ने चिन्ता लागिरहन्छ । त्यसैले गर्दा यसको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्य राखेका छौँ ।”

पछिल्लो केही वर्षयता युवा क्लबकै सक्रियतामा झामरे नाच संरक्षणका लागि पहल थालिएको उनको भनाइ रहेको छ । उनले भने, “यसलाई जीवन्त राख्दै नयाँ पुस्तालाई सिकाउनुपर्छ भनेर लागिपरेका छौँ । अहिलेका पुस्ता पनि यसमा आकर्षित छन् ।”

त्यस्तै, झामरे नाच मगर समुदायको मौलिक नृत्य हो भने आधुनिक संस्कृतिको प्रभावका कारण मौलिक संस्कृति लोप हुन थालेको स्थानीय सिद्ध आलेको गुनासो छ । नेपाली मौलिक संस्कृति र मगर जातिको संस्कृतिसँग जोडिएको झामरे नाचलाई पुर्नजीवित गराउन आफूहरु जुटेको उनको भनाइ रहेको छ ।
भने हरेक वर्ष दसैँको अष्टमीदेखि सुरु हुने यो नाच माघसम्म नचाइन्छ । मादल, झर्रा र डम्फुको तालमा युवायुवतीले गीत गाएर सामूहिकरुपमा नाच्ने प्रचलन छ । यसले समुदायमा भाइचारा विकास गर्न सहयोग पुग्ने भनाइ छ ।

तनहुँ, नवलपुर, पाल्पा, स्याङ्जा, गोरखा र बागलुङलगायतका मगर जातिको बाहुल्य रहेको ठाउँमा झामरे नाच नाच्ने प्रचलन रहँदै आएको छ भने मगर समुदायको बाहुल्य रहेको ऋषिङमा झाम्रे नाच संरक्षणका लागि स्थानीय तहले पनि सहयोग गर्दै आएको छ ।

त्यसैगरी, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मगर समुदायको यो नाच संरक्षणका लागि पालिकाले सहयोग गरेको बताए । उनले भने, “ऋषिङ कला र संस्कृतिमा धनी छ । त्यसमाथि मगर बाहुल्य रहेको यो पालिकामा झामरे नाच संरक्षणका लागि पालिकाका तर्फबाट बजेट विनियोजन गरिएको छ ।”


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?