Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल


दमौली,तनहुँ। मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका–६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा आमा समूहले झामरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् ।

अहिलेका पुस्ताले झामरे नाच बिर्संदै गएकाले लोप हुने खतरा बढेपछि यसको संरक्षणको पहल गरिएको युवा क्लबका संयोजक दानबहादुर आलेले बताए। उनले भने, “अहिलेका पुस्तालाई पुरानो संस्कृतिप्रति कम चासो हुन्छ । त्यसले गर्दा हाम्रो यो नाच नै लोप हुने हो कि भन्ने चिन्ता लागिरहन्छ । त्यसैले गर्दा यसको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्य राखेका छौँ ।”

पछिल्लो केही वर्षयता युवा क्लबकै सक्रियतामा झामरे नाच संरक्षणका लागि पहल थालिएको उनको भनाइ रहेको छ । उनले भने, “यसलाई जीवन्त राख्दै नयाँ पुस्तालाई सिकाउनुपर्छ भनेर लागिपरेका छौँ । अहिलेका पुस्ता पनि यसमा आकर्षित छन् ।”

त्यस्तै, झामरे नाच मगर समुदायको मौलिक नृत्य हो भने आधुनिक संस्कृतिको प्रभावका कारण मौलिक संस्कृति लोप हुन थालेको स्थानीय सिद्ध आलेको गुनासो छ । नेपाली मौलिक संस्कृति र मगर जातिको संस्कृतिसँग जोडिएको झामरे नाचलाई पुर्नजीवित गराउन आफूहरु जुटेको उनको भनाइ रहेको छ ।
भने हरेक वर्ष दसैँको अष्टमीदेखि सुरु हुने यो नाच माघसम्म नचाइन्छ । मादल, झर्रा र डम्फुको तालमा युवायुवतीले गीत गाएर सामूहिकरुपमा नाच्ने प्रचलन छ । यसले समुदायमा भाइचारा विकास गर्न सहयोग पुग्ने भनाइ छ ।

तनहुँ, नवलपुर, पाल्पा, स्याङ्जा, गोरखा र बागलुङलगायतका मगर जातिको बाहुल्य रहेको ठाउँमा झामरे नाच नाच्ने प्रचलन रहँदै आएको छ भने मगर समुदायको बाहुल्य रहेको ऋषिङमा झाम्रे नाच संरक्षणका लागि स्थानीय तहले पनि सहयोग गर्दै आएको छ ।

त्यसैगरी, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मगर समुदायको यो नाच संरक्षणका लागि पालिकाले सहयोग गरेको बताए । उनले भने, “ऋषिङ कला र संस्कृतिमा धनी छ । त्यसमाथि मगर बाहुल्य रहेको यो पालिकामा झामरे नाच संरक्षणका लागि पालिकाका तर्फबाट बजेट विनियोजन गरिएको छ ।”


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?