Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

मङ्गलसेन दरबार पुनःनिमार्ण गर्न माग


अछाम । तत्कालीन द्वन्द्वका समयमा क्षतिग्रस्त अछामको मङ्गलसेन दरबार हालसम्म पुनः निर्माण हुन सकेको छैन । अलपत्र अवस्थामा रहेको अछाम दरबारको निर्माण छिटो सम्पन्न गर्न माग गर्दै अछामका सरोकारवालाको टोलीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत ज्ञापनपत्र बुझाउँदै टोलीले वर्षौंदेखि अलपत्र दरबार निर्माणको काम चाँडै पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मङ्गलसेन नगर प्रमुख पदमबहादुर बोहराको नेतृत्वमा मंगलबार गएको जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायत टोलीले पाँच सय १५ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

द्वन्द्वकालमा क्षति भएका संरचना पुनःनिर्माण गर्ने सरकारको कार्यक्रमअन्तर्गत मङ्गलसेन दरबारको पुनःनिर्माणको काम थालिएको १५ वर्ष पुगिसक्दा पनि निर्माण अधुरै रहेको जनाउँदै यसतर्फ सम्बन्धित निकायले बेवास्ता गरेको यहाँका सरोकारवालाहरुले गुनासो छ । तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय सञ्चालनमा रहेको तथा जिल्लाकै ऐतिहासिक र पहिचान बोकेको मङ्गलसेन दरबारको निर्माण पूरा गर्न पटकपटक संघीय सरकार, सम्बन्धित मन्त्रालय, मन्त्रीहरु र अन्य निकायमा दबाबस्वरुप ध्यानाकर्षण गराएको भए पनि प्रतिबद्धता अनुसारको काम नगरेको उनीहरुको गुनासो छ ।

सरकार र राजनीतिक संरक्षणमा विभिन्न बहानामा निर्माण व्यवसायीले दरबारको निर्माण हालसम्म पनि सम्पन्न नभएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी पोखरेलले दरबारको बिषयमा आफूले ठेकेदार र मन्त्रालयमा पटकपटक कुरा राखिरहेको उल्लेख गरे । यो मागलाई तत्काल गृह मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाउने जनाउँदै आफ्नो तर्फबाट हुने प्रयासमा प्रतिबद्ध रहेको उनको भनाइ छ ।

सशस्त्र द्वन्द्वका समयमा २०५८ साल फागुन ४ गते दरबार ध्वस्त भएको थियो । ‘बोलपत्र’ आव्हान भई आर्थिक वर्ष २०६४÷६५ मा निर्माण व्यवसायी राजेन्द्र साउँद÷तुल्सी दुर्गा–कुँवर–बडिमालिका जेभी धनगढी कैलाली र तत्कालीन सहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालय डोटीसँग दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा हालसम्म पनि निर्माण सम्पन्न भएको छैन । दरबार नबन्दा यसअघि निर्माण भइसकेको कामसमेत भत्किने जोखिम छ ।

मङ्गलसैनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भएको उक्त दरबार उनका छोरा दलबहादुर शाहको पालामा विसं १९३५ मा निर्माण सकिएको इतिहास छ । सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा दरबार किनेको अछामी इतिहासका जानकारहरु बताउँछन् । योगेन्द्र बहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ । तीनतले दरबारमा ३० कोठा थिए ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?