Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


मोरङ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

उक्त प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो । त्यस्तै, नव स्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले शुभारम्भ गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।

कोशी प्रदेशमा दुई स्थानका लागि निर्वाचन हुँदैछ भने को निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख-उपप्रमुख २७४ सहित तीन सय ६७ जनाले मतदान गर्ने छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलका प्रतिनिधिहरूसँग चाँडै छलफल कार्यक्रम गरिने उनले बताएका छन्।

 


प्रकाशित मिति: १७ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?