Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

प्रदेश समाचार


जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

२७ वैशाख ,काठमाडौँ । जनता समाजवादी पार्टी,(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बस्ने तयारी भएको सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । उहाँका अनुसार आजको बैठकमा पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा छलफल हुनेछ ।

बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान

२७ वैशाख ,पर्वत । सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकूलको शिक्षाका रूपमा विकास गर्ने अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि अनुदान दिने भएको छ । गाउँपालिकामै सञ्चालित बाली विज्ञान पढ्ने विद्यार्थीका लागि बार्षिक रु ३६ हजार सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिकाको मङ्गलबारको

अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई परिसर ल्याइयो

२७ वैशाख ,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । यो सँगै

मुगु हिमपहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या

२७ वैशाख ,मुगु । अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ । सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन । यही वैशाख २२ गते च्याँखुलेकमा हिमपहिरोमा परी यार्सागुम्बा सङ्कलन गर्न

मनाङमा चार महिनामा आठ हजार पर्यटक

२७ वैशाख ,मनाङ । हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङमा सन् २०२३ को

मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

२७ वैशाख ,गलकोट । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी गरेको हो । स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाअन्तर्गत रहेर निसीखोला गाउँपालिकाले कक्षा १ मा मगर भाषा समेटिएको पाठ्यपुस्तक पढाउने तयारी थालेको

विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या

२७ वैशाख ,ढोरपाटन । पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको विद्य्त पुगेको छैन । स्थानीय लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीकै भरमा स्थानीयवासी छन् । तमानखोला गाउँपालिका–६ नर्जाखानीमा पनि स्थानीयवासी वर्षौँदेखि लघु जलविद्युत् आयोजनाकै बिजुलीमाथि निर्भर छन् । तर लघु जलविद्युत् आयोजना हिउँदको समय खोलामा पानीको बहाव घट्ने

अर्घाखाँची आगलागी अपडेट : जलेर घाइते भएका तीन जनाको मृत्यु

२७ वैशाख ,अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो । पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको

सेनाद्वारा अन्नपूर्णबाट तीन हजार किलो फोहर सङ्कलन

२७ वैशाख ,म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो । आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । विसं २०७९ चैत १७

पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

२७ वैशाख ,टीकापुर । कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन् । विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन् । विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा दिँदै आधुनिक कृषि कर्म

सम्वन्धित समाचारहरु