Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान


२७ वैशाख ,पर्वत । सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकूलको शिक्षाका रूपमा विकास गर्ने अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि अनुदान दिने भएको छ ।

गाउँपालिकामै सञ्चालित बाली विज्ञान पढ्ने विद्यार्थीका लागि बार्षिक रु ३६ हजार सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिकाको मङ्गलबारको बैठकले जलजला गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी आधारभूत तह कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा ग्रामप्रकाश मावि जलजला–५ लेकफाँटमा प्राविधिक धारतर्फ (बाली विज्ञान) विषयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै उक्त सुविधा दिने भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।

प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न गाउँपालिकाले यो अवधारणा ल्याएको अध्यक्ष आचार्यले बताए । “यो सहयोग आवासीयरूपमा अध्ययन गर्न चाहने विद्यार्थीले सम्बन्धित विद्यालयको सिफारिसमा प्रतिविद्यार्थीलाई बार्षिक रु ३६ हजार प्रदान गर्ने निर्णय गरिएको छ”, अध्यक्ष आचार्यले भने ।

नेपाल कृषिप्रधान देश भएता पनि कृषि क्षेत्रको विकास हुन नसकेको अवस्थामा यस विद्यालयमा सुरु भएको कृषि प्राविधिक विषयको अध्ययनले दक्ष र योग्य प्राविधिक उत्पादन गरी कृषि क्षेत्रको विकासमा टेवा पु¥याउने विश्वास लिएको गाउँपालिकाको भनाइ छ । सरकारको एक पालिकाका एक प्राविधिक विद्यालयअन्तर्गत कक्षा ९ देखि १२ सम्म जलजला–५ लेकफाँटको ग्रामप्रकाश माविमा उक्त विषयमा पठनपाठन हुने भएको हो ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कृषि प्राविधिक विषय अध्ययनका लागि हालैमात्र स्वीकृत प्राप्त भएको र यही शैक्षिकसत्रदेखि पठनपाठन सुरु हुन लागेको विद्यालयका प्रधानाध्यापक भवानीशङ्कर पौडेलले जानकारी दिए । अहिले विद्यालयमा कक्षा ८ उत्तीर्ण गरी ९ मा गएका ३९ विद्यार्थी कृषि विषय लिएर पढ्न चाहेको र अन्यत्रबाट पनि कृषि प्राविधिक पढ्न इच्छुक विद्यार्थी आउने सम्भावना रहेको उनले बताए ।

कृषि प्राविधिक अध्ययनका लागि पालिकाका अन्य विद्यालयका विद्यार्थीलाई पनि सोही विद्यालयमा अध्ययन गर्न प्रेरित गरी भविष्यमा सीपयुक्त दक्ष र योग्य जनशक्ति उत्पादनमा जोड दिएको उनले बताए । विसं २०१५ मा स्थापना भएको उक्त विद्यालयमा अहिले दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?