१५ वैशाख ,लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पदभार ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएपछि उनले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् । पदभार
१५ वैशाख ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारीहरुको सेवा प्रवाहमा चित्त नबुझे जनताको आक्रोश सरकारमाथि पोखिने बताएका छन् । नेपाल आयल निगमन कर्मचारी युनियनको नवौँ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “जनतासँग सिधै जोडिने भनेको जनता हो, कर्मचारीको सेवाप्रवाहमा यदि चित्त बुझेन
१५ वैशाख ,काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सांसदको नाम हेरफेर गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सांसदको नाम हेरफेर भएको सूचना सुनाएका थिए । उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मनोनयन भएका सांसदको नाम
१५ वैशाख, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेसभाको १४ औँ बैठकबाट उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले मत दिएका हुन् । यो सहित उनले तेश्रो पटक विश्वासको मत पाएका हुन्
१५ वैशाख, मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा ६३ जना बालश्रमिक रहेको पाइएको छ । उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार पहिलो चरणमा १९ वटै वडामा सङ्कलन गरिएको प्रारम्भिक तथ्याङ्कमा ६३ जना बालबालिकामा श्रममा रहेको पाइएको हो । वडागत विवरणअनुसार सबैभन्दा बढी वडा नम्बर ४ मा नौ जना छन् भने
१५ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आज स्वर्णपदक जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण हात पारेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेस प्रदेशका
१५ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि खुलारुपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताए । उक्त अभियानलाई सफल पार्न बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको थियो ।
१५ वैशाख, काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई शपथ गराएका हुन् । बिहीबार प्रदेश प्रमुख शेरचनले नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए
१५ वैशाख, गुल्मी । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुङ्गा
१५ वैशाख, जनकपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले सङ्घीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलको पालैपालो नेतृत्व हुने बताएका छन् । जनकपुरधाममा आज समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रदेश मेरो त्यो प्रदेश तिम्रो भन्ने