Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

राष्ट्रियसभाको विषयगत समितिमा रहने सांसदको नाम हेरफेर


१५ वैशाख ,काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सांसदको नाम हेरफेर गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सांसदको नाम हेरफेर भएको सूचना सुनाएका थिए ।

उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मनोनयन भएका सांसदको नाम पनि प्रस्तुत गरे ।

अध्यक्ष तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका सभापतिको निर्वाचन यही वैशाख २५ गते हुने जानकारी गराए ।

यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/२०७९ सभासमक्ष पेश गरे ।

बैठकमा मन्त्री किरातीको ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८४को उपनियम (४) बमोजिम सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना अध्यक्ष तिमल्सिनाले प्रस्तुत गरेकामा स्वीकृत भएको छ ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?